काठमाडौं, ७ जेठ । सरकारले आन्तरिक एवं बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले कोरोना भाइरसको संक्रमणका कारण बन्द गरेको हवाई उडान बन्द जेठ मसान्त (१४ जुन)सम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।
१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकरका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।
सरकारले लकडाउनको अवधि जेठ १८ सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको थियो । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline