सुदूरपश्चिम प्रदेश: ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल

सुदूरपश्चिम प्रदेश: ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

धनगढी, ७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई रु ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशर्त अनुदानतर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । ब्यास गाउँपालिकाको छाङ्ग्रु, टिङ्करलगायतका गाउँसम्म जान नेपालीले भारतको भूमि धार्चुला, सीतापुर हुँदै पुग्नुपर्ने अवस्था रहेको छ ।

पछिल्लो पटक कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण भारतको धार्चुलालगायतका ठाउँमा बाटो बन्द भएकाले ब्यास गाउँपालिका क्षेत्रका नेपाली सदरमुकाम खलङ्गामा नै रोकिनुपरेको स्थानीय नरेन्द्रसिंह कार्कीले बताउनुभयो । सो क्षेत्रमा नेपाली गाउँ बस्ती भएर आवागमन गर्ने घोडेटो बाटो नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने निर्णय प्रदेश सरकारले गएको कात्तिक महिनामा नै गरेको थियो । भारतले पछिल्लो पटक दार्चुलाको नेपाली भूमि हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण थालेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।

मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन(बजेट अधिवेशन) यही जेठ १३ गते दिउँसो २ बजे आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । यसैगरी प्रदेशको कानून सुधार तथा सुझाव समितिको कार्यविधि २०७६ लाई पनि बैठकले स्वीकृत गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ