कञ्चनपुर, ६ जेठ । लकडाउनको मौकाछोपी कञ्चनपुरका किराना पसलले ब्रम्ह्रलुट मच्चाएका छन् । यस अघि बिक्रि हुन नसकेर गोदाममा थन्क्याएका म्याद गुज्रिएका गुणस्तहिन खाद्य तथा दैनिक उपभोग्य समाग्री उपभोक्तालाई चर्को रकम अशुल्दै बिक्रि वितरण गरिरहेका छन् ।
उपभोक्तासंग लकडाउनको कारण देखाएर समान अभाव देखाएर किराना एव खुद्रा पसलका संचालकले उपभोक्ताको स्वास्थ्यमा मात्र खेलवाड गरेका छैनन् । उपभोक्ताको डाढसेक्ने गरि बढि रकम अशुलिरहेको पाईएको हो । कोरोना भाईरस रोकथामका लागि सरकारले १० चैत्र ०७६ देखि अहिलेसम्म लकडाउन गरेको छ ।
लकडाउनका समयमा आम नागरिकलाई चाहिले अत्यावश्यक दैनिक उपभोग्य समाग्री आपूर्तिका लागि कञ्चनपुरका स्थानीय तहले केही समय बजार खुल्न छुट दिएपनि व्यवसायीले कमाउने यही मौका हो, अबभोलीदेखि कमाउन सकिदै भन्ने कहार मानसिकता बोकेर उपभोक्तामाथि लुट मच्चाईरहेका छन् ।
दैनिक उपभोग्य समान र अन्य विकास निर्माणका हरेक समानमा कालोबजारी बढेको नागरिकबाट आएको गुनासो संचार माध्यममा प्रकासित हुन थालेपछि जिल्ला स्थित सरकारी निकायले तदारुकता देखाएर एकसातादेखि बजार अनुगमनलाई तिव्रता दिएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्गसंग जोडिएका विभिन्न बजारमा रहेका किराना पसलले लुटैलुट मच्चाएका छन् ।
संयुक्त बजार अनुगमन टोलीले कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्यापुरका बजार क्षेत्रमा गरेको अनुगमनकै क्रममा पनि म्याद सकिएका समान बढि रकम लिएर बिक्रि वितरणका साथै समाजिक दुरी कायम नगरिकनै कारोबार भईरहेको तथ्य फेला पारेको छ । संयुक्त बजार अनुगमनको घरेलु तथा साना उद्योग कार्यालयले प्रकासित गरेको प्रतिवेदन अनुसार म्याद सकिएका समाग्रीदेखि मुल्य सुची नराखेको र किराना समाग्री र पुस्तक सहितका समान एकैमा राखेको पाईएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारका न्यू सहस्त्रलिङ्ग बेताल टे«डर्समा समाजिक दुरी उलङघन गर्र्दै म्याद नाघेका समान भेटिएका छन् । डागेश्वरी पन्त किराना पसलमा मुल्य सुची नभएको, ओम साई किराना स्टोरले बिक्रि बिल देखाउन नसकेको, महालक्ष्मी खाद्य तथा जनरल स्टोर म्याद नाघेको खाद्य समाग्री भेटिएको, भैरब खाद्य स्टोरमा मूल्य सुची अद्यावधिक नभएको भेटिएको छ ।
बेदकोट नगरपालिका ३ दैजीको समैजी प्लाष्टिक स्टोरमा ग्याँस तौल गर्ने तराजु नभएको भेटिएको छ । बेदकोट नगरपालिका ३ दैजीकै न्यू डाडाबाघ जनरल स्टोर र न्यू पनेरु जनरल स्टोरमा म्याद नाघेका समान भेटिएका छन् ।
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरको केएम किराना पसलमा म्याद सकिएका, मुल्य सुचि नभएका भेटिएको छ । भने बाहिर बोहरा वाईन सेन्टरभएको तर पान बोर्डमा केएम राखिएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीको श्रेष्ठ पसल र धामी किराना पसलमा म्याद नाघेका समान भेटिएका छन् । झलारीकै राधा कृष्ण किराना पसल, भूमिराज किराना पसलमा मुल्य सुची राखेका छैनन् ।

कृष्णपुर नगरपालिका २ वाणि बजारमा रहेको पार्वती खाद्यान्न खरिद बिक्रि केन्द्रमा म्याद सकिएका समान, मुल्य सुचि नभएको, बिक्रि विल नभएको भेटिएको छ । वाणिकै भूमिराव खुद्रा पसल, भागेश्वर जनरलर्समा म्याद नाघेका समान भेटिएका छन् । भने देविलाल थापा र शिवम गुप्ताले व्यवसाय दर्ता नगरिकनै कारोबार गरिहेका छन् ।
कृष्णपुर नगरपालिका ५ गुलरिया बजारको दिपेश पुस्तक सदन एण्ड जनरल स्टोर, हेम जनरल स्टोर, रावल किराना पस, न्यू श्री निरपाल किराना पसल, जय मा पुर्णागिरी स्टोरमा म्याद सकिएका समान भेटिएका छन् । उपभोक्ताले भने बजारमा कालोबजारी गरेर व्यवसायीले हरेक समानको चर्को मुल्य अशुलीरहेको गुनासो गरेका छन् । संयुक्त बजार अनुगमन टोलीले म्याद सकिएका समान बिक्रि गर्ने, मुल्य सुचि नराख्ने र कालोबजारी गर्ने व्यवसायीमाथि नरम कार्बाही गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयबाट संयुक्त अनुगमन टोलीमा गएका बेदप्रकास चौधरीले कैफियत देखिएका व्यवसायीलाई कार्बाही गरिएको बताए । उनका अनुसार म्याद सकिएका समान जफत गर्नेदेखि आवश्यक प्रमाण पत्र सहित सात दिन भित्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थित हुन निर्देशन जारी गरिएको छ ।
लकडाउनका कारण दुई महिनादेखि पसल बन्द भएकाले केही समान म्याद गुज्रिएको र उपभोक्तालाई नभिडाएको बढि रकम पनि नलिएको व्यवसायीहरुको दावि छ । आफुहरुको पीडा पनि बुझिदिन उनीहरुले अनुगमन टोलीसंग आग्रह गरेका छन् । उपभोक्तालाई राम्रो र गुणस्तर समान दिने आफुहरुको पनि चाहना भएकाले लकडाउनका कारण केही प्राविधिक समस्या भएको स्वीकार गरेका छन् ।
उपभोक्ता डिबी कुश्मीले शुल्लाफाँटा नगरपालिका क्षेत्रका व्यवसायीले नुनमा समेत मुल्य बृद्धि गरेको बताए । साल्टटे«डिङ्ग कर्पोरेशनले एक प्याकेट नुनको मुल्य २० रुपैया तोकेपनि व्यवसायीले अभाव देखाएर २५ देखि ३० रुपैयाम्म अशुलिरहेको बताए । कृष्णपुर नगरपालिकाको मुल्य बजार गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर देउवाले लकडाउनमा स्वयम व्यवसायीले लुटतन्त्र मच्चाएको बताए ।‘मैले पटक पटक भन्दा उल्टै ममाथि व्यवसायी साथिहरु खनिन्छन्, ‘गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले भने, ‘बजार अनुगमन गर्ने जिम्मा स्थानीय सरकारले पाएपछि अनुगमन गर्दैैनन् ।’
कृष्णपुर नगरपालिकाद्वारा तीन महिनामा एक पटक बजार अनुगमन गरिएको अध्यक्ष देउवाले बताए । उनका अनुसार स्वास्थ्यका लागि हानिकार मदिरा, सूर्तिजन्य पदार्थको मुल्य बृद्धि गर्दा समेत सेवन गर्न नछाडिएको बताए ।
‘हुँदाहुँदा गाँउ गाउँमा मदिरा र सुर्तिजन्य पदार्थको मुल्यपनि भारी बृद्धि गरिएको पाईयो, ‘उनले भने, ‘मदिरा र सुर्तिजन्य पसल खुलेयाम संचालनमा छन्, खानेले बिरोध गर्दैन, हामीले गर्दा व्यवसायीबाटै समस्या आउँछ ।’
अध्यक्ष देउवाका अनुसार १० रुपैयामा पाईने सूर्तिको प्याकेट २०, ५० रुपैयामा पाईने तल्लोस्तरको मदिरा ६० देखि ७० रुपैयामा बिक्रि भईरहेको छ । अध्यक्ष देउवाले कृष्णपुर क्षेत्रमा बंैंकदेखि म
अध्यक्ष देउवाले कृष्णपुर क्षेत्रमा बंैंकदेखि मदिरासम्म खुलेयाम समाजिक दुरी उलङघन गरेर वितरण तथा बिक्रि भईरहेको दुखेसो पोखे । लकडाउनको मौका छोपी गलत गर्ने व्यवसायीमाथि ठाँउको ठाँउ कार्बाही भएमात्रै आम उपभोक्ता नठगिने उनको भनाईछ ।