ट्रान्समिसन लाईन नबनाई के ट्रकबाट बिजुली निर्यात हुन्छ ? प्रधानमन्त्रीको प्रश्न

ट्रान्समिसन लाईन नबनाई के ट्रकबाट बिजुली निर्यात हुन्छ ? प्रधानमन्त्रीको प्रश्न

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । संसदको बजेट अधिवेशनमा सांसदहरुले उठाएको प्रश्नबारे जवाफ दिन सवोधन गरेका प्रधानमन्त्री केपी ओलीले एमसीसीबारे आफ्नै पार्टीका नेताहरु जस्केलाबाट छिराउन खोजेको होईन भन्दै राखेको प्रन्न प्रति टिप्पणी गरेका छन् ।
उनले एमसीसी अहिलेको नीति कार्यक्रममा कहाँ उल्लेख छ ? भन्दै एमसीसी पारीत भए पनि नभए पनि सदनको सम्पत्ति भएकाले टेबल हुने बताउदै जस्केलाबाट हैन मुलबाटै बाट आउने बताए ।
उनले एमसीसी सम्झौतामा उल्लेख भएको ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य एमसीसीले नबनाए, अरु कसैले बनाउछ , त्यसरी पनि भएन भने पोटुका कसेर भए पनि हामी आफै बनाउछौ प्रधानमन्त्रीले भने ।
हामी बिजुली उत्पादन गरेर निर्यात गर्ने भनिरहेका छौ, बिजुली के ट्रकबाट जान्छ , रेलबाट जान्छ ? के जहाजबाट जान्छ , ट्रान्समिसन लाईन त बनाउन पर्यो नि । प्रधानमन्त्री ओलीले भने ।
पार्टीकै नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले सदनबाट एमसीसी अनुमोदन गराउन जस्केलाबाट ल्याउन खोजेको शंका गर्दै ओलीलाई ३१ बुदे पत्र लेखे पछि उनले सदनमा यो प्रष्ट पारेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ