विश्व चर्चित पाकिस्तानी क्रिकेटर अफ्रीदीलेले भारतीय प्रधानमन्त्री मोदीलाई डरपोक भनेपछि..(भिडियो)

विश्व चर्चित पाकिस्तानी क्रिकेटर अफ्रीदीलेले भारतीय प्रधानमन्त्री मोदीलाई डरपोक भनेपछि..(भिडियो)

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

जेष्ठ ६ एजेन्सी । पाकिस्तानका विश्व चर्चित क्रिकेटर यतिखेर आफ्नो एउटा उत्तेजक भाषणका कारण चर्चा र विवादको शिखरमा छन् ।
उनले पाकिस्तान प्रशासित कास्मीरमा पुगेर सेना र जनताको बीचमा भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी विरुद्ध खुलेर कडा शब्दमा विरोध गरेको बिषय भाईरल बनेको छ ।
उक्त भिडियोमा अफ्रीदीले मोदी डरपोक भएको, विश्वभर ठूलो विरामी फैलिएको तर मोदीको दिल र दिमाग सबै भन्दा बिरामी भएको टिप्पणी गरेका छन् ।
उनको भाषणमा ताली पनि बजिरहेको देख्न सकिन्छ । उनले भारत प्रशासित सानो कास्मीरमा सात लाख सेना तैनाथ गरेको जब कि पाकिस्तानको कुल सेना बराबर रहेको भन्दै डरकै भारण मोदीले यसो गरेको बताए ।
अफ्रीदीले भने पाकिस्तानी सात लाख सेनाको पछाडी २३ करोड जनताले सेनाको रुपमा साथ दिने भनेका छन् ।
उनले बिरामीले आक्रान्त कास्मीरहरु बिरुद्ध मोदीले अपराध गरीरहेको बताए ।
मोदी सरकारले अगष्ट ५ मा कास्मीरको स्वायत्तता खारेज गर्दै केन्द्रमा गाभे पछि कास्मीरमा मोदीको ठूलो विरोध हुदै आएको छ ।


अफ्रीदीको यो भिडियो सार्वजनिक भए पछि भारतका क्रिकेटर गौतम गंभीर,युवराज सिंह, हरभजन सिंह र शिखर धवनले आपत्ति जनाउदै अफ्रीदीको यो दृष्टिकोण स्वीकार गर्न नसक्ने टिप्पणी गरेका छन् ।
१७ मईमै एक ट्वीट गर्दै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले पनि कास्मीरीलाई दमन गर्ने, अमानवीय व्यहार भारतले गरीरहेको भन्दै आपत्ति जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ