कन्चनपुर जेठ १ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड९ १९ कोरोना भाइरसको विषमपरिस्थितीको समयलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा रहेका असहाय अति अपाङ्गता भएका व्यक्तिको सहारा बन्दै गएका छन कञ्चनपुरका स्वार। देशमा कोरोना भाइरस नियन्त्रण साथै रोकथामका लागि लगाइएको लकडाउन र कोरोना संक्रमित संख्या दिन प्रतिदिन थपिदै गएको बेलामा आफ्नो स्वास्थ्य सुरक्षा र खाद्यान्नको समस्यामा रहेकाहरु लाई नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घ कुमार स्वारले खोजी९खोजी सानो भए पनि सहयोग गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाहरुमा रहेका अति अपाङ्गता भएका व्यक्तिलाई लाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए। साथै पहिला धनगढी उपमहानगर पालिका घरभएकी हाल गौरिगंगा नगरपालिका वडा न १ मंगलपुरमा आफन्तको घरमा बस्दै आएकी टीका कुमारी पुरी लाई सहयोग गरेको छ। मान्छी लाई कति बेला पर्छ थाहा नै हुदैन यो संगै वि।स २०७४ बैशाख २१ गते टीका कुमारी पुरी २० वर्षको उमेरमा रुख बाट खसेर शारीरिक रूपमा स्पाईनल ईन्जरी भई अपाङ्ग भएकि उनि आमा बुवाकि एक मात्र सन्तान टीका पुरी हासी खुसी दिनहरू बिताई रहनु भएकी थिन। भन्छन् नि हुने हार दैव नटार भने झौ दैवको लिला उहाको हासि खुसि धेरै दिन टिक्न सकेन २०७४ साल असोज महिनाको अन्तिम सातामा गोरूको सिङ्गले हानेर घाइते भएकी आमाको घाँटी भाचिएको थियो र उनको उपचारको क्रममा मृत्यु हुन पुग्यो। धनगढी उपमहानगरपालिका वार्ड नं १२ बस्दै आएकि पुरी आमाको उपचारमा लागेको खर्च रिन मागेर गरेको थियो भने उनि नत आमा नै रहिन नत आफू संग भएको सम्पती नै रहन पुग्यो। त्यही भएर भन्छन नि जता गहिरो उतै पहिरो भने जस्तै लागेको रिन तिर्नको लागि आफू संग भएको सानो घर जग्गा पनि गुमाउनु पर्यो र उनी अहिले बेसहारा बनेकी छन् ।उनको एक मात्रै सहारा रहेका ७० वर्षीय बुवा मान बहादुर पुरी अहिले भारतको रत्नागिरीमा रहेका छन।
विषमपरिस्थितिमा कोरोनाको महामारीमा बुडेस कालामा पनि भारतिनु परेको हुँदा यो संगै बुवा र आमा नहुदाको पीडा कस्तो हुन्छ भने जो लाइ पर्छ त्यसैलाई थाहा हुन्छ किन कि ुअचानाको पिर अचानो लाई थाहा हुन्छ खुकुरी लाई होईन ु यो अवस्थामा अहिले उनी काका रकाकिको सहारामा गौरीगंगा नगरपालिका वार्ड नं १ मंगलपुरमा बस्तै आउनु भएकी छन। अपाङ्ग छोरिलाई दैनिक प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू आर्थिक अभावका कारण जुटाउन नसक्ने भए २०७६ पौष महिनामा बुबा ५र६ महिना अगाडि भारत जानू भएको र अहिले उनी लकडाउनले गर्दा सम्पर्कमा नरहेका उनीले बताएकी छ्न।

स्थानीय सरकारले कुनै चासो नदेखिएको यो दुस्खद घडीमा त्यति टाडा बाटा एउटा भावनात्मक र मानवीय व्यवहार देखाउदै आज मलाई स्वास्थ्य सुरक्षा सामग्री लगायत खाद्यान्न सहयोग गरेर यति ठूलो गुन लगाउनु भएको मा सहयोगीहरु लाई धन्यवाद समेत दिएकी छन् । पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घ कुमार स्वारले ूउहालाई आईरहने समस्याको दीर्घ कालिन समाधानको लागि कोरोनाको समाप्ति पछि आत्म निर्भर ब्यवसाहिक तालिमको लागि काठमाडौं पठाउने कुरो समेत हुँदै गरेको उनी लाई पठाउने समेत प्रतिबद्धता संगै निर्णय गरेको बताएका छन।
उनका अनुसार बिहिवार एक कार्यक्रमका साथै गौरीगंगा नगरपालिका वडा न।१ का वडा अध्यक्ष लाई स्वास्थ्य सुरक्षा सामग्री र खाद्यान्न हस्तान्तरण गरिएको थियो। राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी कर्मचारी मालिगाउँ काठमाडौं निवासी सिन्जा राउत,सुदूरपश्चिम फाउन्डेसन अध्यक्ष भरत शाह र नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम अध्यक्ष दीर्घ कुमार स्वारको आर्थिक सहयोगमा ५ र६ महिनालाई पुग्ने गरि सोना मनसुनी चामल,दाल,तेल,नुन,लुगा धुने साबन,डिटोल साबुन र लुगा धुने पाउडर ९ डिटरजेन्ट पाउडर० लगायतको सामग्री सहयोग गरिएको हो।