चार हप्तामा कोरोना जीते पछि खुशी हुँदै फर्किइन् आमा !

चार हप्तामा कोरोना जीते पछि खुशी हुँदै फर्किइन् आमा !

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

बैशाख ३१ चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । यो सगै नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् । उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल एम्बुलेन्स लिएर अस्पताल आइपुग्नुभएको थियो ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” उहाँले थप्नुभयो, “सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”

अस्पतालको सेवाप्रति उहाँ निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उहाँले विशेष धन्यवाद दिनुभयो । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले उहाँलाई शुभकामना दिनुभयो । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गर्नुभयो ।

उहाँले टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताउनुभयो । सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उहाँहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताउनुभयो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट गर्नुभयो ।

कोरोना जितेर फर्कँदै गर्नुभएका आमाको बिदाइमा मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, कोरोना क्लिनिकल संयोजक डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लीलाधर पौडेल, आइसोलेसन विभाग प्रमुख रुमा देवकोटालगायतको उपस्थिति थियो । यसअघि २७ वर्षीय छोराले सङ्क्रमणमुक्त भएपछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहो¥याएर आमासँगै घर फर्किएका हुन् ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौँ आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको वैशाख ३ गते ¥यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमित राखिएको अस्पतालको क्याविनका छ कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याइने छ । भरतपुर अस्पतालले कोरोना आशङ्का गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमित परीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा ती आमाछोरा सङ्क्रमणमुक्त भएसँगै कोरोनाका सङ्क्रमित छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी