गरीबलाई मेयरको मलहम : फेरिदैछ भीमदत्त नगरका दुर्गम वस्ती !

गरीबलाई मेयरको मलहम : फेरिदैछ भीमदत्त नगरका दुर्गम वस्ती !

  • मङ्लबार, बैशाख ३०, २०७७
  • डम्मर राज भट्ट

  • 22.5K
    SHARES

कन्चनपुर बैशाख,३० । भीमदत्त नगरपालिकाको उत्तर पश्चिम क्षेत्रको चुरे फेदी र महाकाली नदी किनारमा दुर्गम वस्ती छ । खल्ला, टुडीखेल र मुसेट्टी नामका ती वस्ती सिधैं राजा ब्रह्मदेब, किसान नेता भीमदत्त पन्त र ब्रह्मदेब मण्डी अर्थात अहिलेको बाउन्न ढोके ९कुनै बेला सुदूरपश्चिम क्षेत्रमा खाद्यान्न लगायतका दैनिक समानको आपूर्तिकर्ता ० को इतिहासम्म जोडिएका छन् । कुनै बेला यी वस्ती आगलागी भएर ध्वस्त हुँदा काठमाडौं सरकारले ६ महिनापछि महाकालीको पानीले आगो निभाउने निर्देशन दिएको थियो ।

काठमाडौं सरकारबाट यतिसम्म जवाफ पाएको वस्तीका झण्डै चार सय घर परिवारका दुःख पीडा कस्ता होलान भनेर सहज अनुमान गर्न सकिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनम्म यो वस्तीको हालत जस्ताको त्यस्तै रह्यो । वासिन्दाले आफ्ना दिन फर्किने आश राखेर हरेक चुनावमा आफ्ना जनप्रतिनिधि छाने । चुनावपछि आशा निराशामा परिणत भए । मत दिएका जनप्रतिनिधिले अर्को चुनावसम्म कुराए । दुःखमाथि दुख, हारमाथि हार र आशामाथि निराशा खेपेको वासिन्दा स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारहरुलाई त्यस्तै गुनासा र पीडा सुनाए ।

वस्तीमा बिजुली छैन, पानी छैन, बाटो छैन, फोन छैन, रोजागरी छैन, लाल पूर्जा छैन माग यिनै थिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीयका मागलाई आफ्नो चुनावी घोषणा पत्रमा समावेश गर्नु भएको थियो । स्थानीयले त्यो घोषणा पत्र हेरे, फेरि एक पटक आफूहरुको दुःख हट्ने आशा जगाए । नगर प्रमुख विष्टले वासिन्दालाई निराश हुन नदिने वाचा गर्नु भयो । त्यही वाचा अनुसार स्थानीय तह निर्वाचनको अढाई बर्षे अवधिमा खल्ला, टुँडिखेल र मुसेट्टी नगर प्रमुख विष्टको प्राथमिकतामा रह्यो ।

वस्तीमा पहिलो पटक गाडी पुग्यो । ब्रह्मदेबदेखि कौवानीसम्म सडक ट्रयाक खोलिएको छ, टुँडिखेसम्म गाडी पुग्छ । सञ्चारका लागि टुँडिखेलमा टेलिफोन टावर निर्माण कार्य अन्तिम चरणमा छ । भारतीय मोबाइल प्रयोग गर्नु पर्ने बाध्यता हटाउन प्राथमिकताका साथ नेपाल टेलिकमसित पहल गरी टावर निर्माण अघि सुरु गरिएको हो । भारतीय बजार उजलीकोटको उज्यालो हेरेर रात काट्न बाध्यता हटाउन विद्युतीकरण कार्य सुरु गरिएको छ । ब्रह्मदेबदेखि टुँडिखेलसम्म विद्युतका खम्बा गाडिएका छन् । लकडाउनका कारण टेलिफोन र विद्युत विस्तार कार्य रोकिएको छ । बाउन्न ढोका संरक्षणका लागि तारबार गरिएको छ । वासिन्दाका घर घरमा गोरब ग्याँस प्लान्ट जडान गरिएको छ । वन जङ्गल संरक्षण र स्थानीयलाई पशुपालनमा आकर्षित गर्न गोबरग्याँस निर्माण गरिएका हुन् । महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्राा ९¥याफ्टिङ्ग० को सफल परीक्षण गरिएको छ ।

यसलाई व्यवसायिक बनाउन वस्तीका युवालाई तालिम दिइएको छ । स्थानीयलाई उत्पादनसित जोडेर स्वरोजगार बनाउने नगर प्रमुख विष्टको योजना छ । गाउँघर क्लिनिक व्यवस्थित गरिएको छ । पहिलो पटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वासिन्दाको जग्गाधनी पूर्जाको समस्यालाई समाधान गर्न नगरपालिका प्रदेश सरकारको कानुनको प्रतिक्षामा छ । खानेपानी, विद्यालय सुधार, कुलो सिँचाईको व्यवस्था लगायतका कार्य प्राथमिकतामा छन् ।

महाकाली नदीको बाढीबाट वस्ती जोगाउन तटबन्ध निर्माणका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको छ । दुर्गम वस्तीलाई नमूना वस्ती बनाउने लक्ष्यका साथ नगर प्रमुख विष्ट अघि बढ्नु भएको छ ।

विगतदेखि आश्वासन मात्रै पाएर धोका पाएका स्थानीय नगर प्रमुख विष्टको कार्यकालमा आफूहरुको सबै माग पूरा हुने आशमा छन् । नगर प्रमुख विष्टले गरीब जनताको मागलाई पूरा वर्र्षौदेखि पीडालाई मलहम लगाउनु भएकोमा सबै वासिन्दा आभारी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी