फ्लोरेन्स नाईटिङ्गेल जस्तै बिरामीको सेवामा खटिन आब्हान

फ्लोरेन्स नाईटिङ्गेल जस्तै बिरामीको सेवामा खटिन आब्हान

  • मङ्लबार, बैशाख ३०, २०७७
  • डम्मर राज भट्ट

  • 14.3K
    SHARES

कन्चनपुर बैशाख , ३० । आधुनिक नर्सिङ्ग आन्दोलनका जन्मदाता भनेर विश्वभरी प्रख्यात फ्लोरेन्स नाईटिङ्गेलको कञ्चनपुरमा पनि जन्मदिवस मनाईएको छ ।

विगतका बर्षहरुमा विवित कार्यक्रम गरि दिवस मनाउने गरेपनि यस बर्ष कोरोना कहरका कारण समान्य रुपमै मनाईएको हो । मंगलबार महाकाली अस्पतालका नर्सहरुले एक कार्यक्रमका विच दिवस मनाएका छन् । कार्यक्रममा फ्लोरेन्स नाईटिङ्गेलको फोटोमा माल्यापर्णका साथै दिप प्रज्वलन गरिएको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले फ्लोरेन्स नाईटिङगेलकै जस्तो भावना लिएर बिरामीको उपचारमा खटिन आब्हान गरे । स्वास्थ्य क्षेत्र सुधारका लागि नर्सको अहमभूमिका हुने उनले चित्रण गरे । महाकाली अस्पतालका मेसु डा हरि कुमार श्रेष्ठले उच्च नमोबलका साथ उपचारमा खटिन आब्हान गरे । बिरामीको उपचारका क्रममा फ्लोरेन्स नाईटिङगेलकै विचार भावना अघि सारेर उपचारमा खटिन उनीहरुले आग्रह गरेका थिए । केही नर्सहरुले कविता, गजल मार्फत नर्सको जिवनी र सेवाबारे चर्चा गरे ।

नर्सिङ्ग अधिकृत नम्रता काफ्ले ९चन्द०ले संचालन गरेको कार्यक्रममा सिनियर नर्स कौसिल्या रोकायाको सभापतित्वमा कार्यक्रम भएको थियो । सन् १८५३ देखि ५६ सम्म युरोपमा चलेको क्रिमिया युद्धका घाइते सैनिकहरुको उपचारमा एक युवती अहोरात्र खटिन् । अँध्यारो युद्धमैदानमा टुकी बालेरै भएपनि उपचारमा लागिरहिन् ।

पछि उनलाई ‘लेडी विथ द ल्याम्प’ उपनाम दिइयो । औषधि उपचारका साथै विरामीप्रति उनको समर्पण, मायालु व्यवहार र सहानुभूतिका कारण धेरै घाइते सैनिकहरु मानसिक र शारिरिक रुपमा तङ्ग्रिए । तिनै युवती फ्लोरेन्स नाइटिंगेल थिइन् जसले सन् १९६० मा लन्डनको सेन्ट थोमस हस्पिटलमा विश्वमै पहिलो नर्सिङ स्कुल स्थापना गरिन् ।

नर्सिङलाई पेशा र सेवाको रुपमा स्थापित गरिन् । नर्सिङ पेशाको संस्थापकका रुपमा सम्मान गर्दै उनको जन्म दिन मे १२ लाई अन्तरराष्ट्रिय नर्स दिवसका रुपमा प्रत्येक वर्ष मनाउने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी