अमेरीकामा निम्न मापदण्ड सहित खुल्दैछन् शहर र व्यवशायहरु

अमेरीकामा निम्न मापदण्ड सहित खुल्दैछन् शहर र व्यवशायहरु

  • मङ्लबार, बैशाख ३०, २०७७
  • सञ्जय थापा, न्यूयोर्क

  • 14.2K
    SHARES

कोरोना भाईरसको संक्रमणको कारण वन्द भएको व्यवसायहरु पुन खोल्नको लागि गभर्नर कोमोले आवश्यक पर्ने सातवटा मापदण्डमा वनाएका छन र केही शहरहरुले यो हप्ता यि मापडण्ड पुरा गरेकाले आउदो हप्ता न्यु योर्कका केही शहरहरु खुल्ने आशा गरिएको छ । उनले भने, Finger Lakes (Rochester), Mohawk Valley (Utica) and Southern Tier (Binghamton, Ithaca, Elmira) क्षेत्र हप्ताको अन्त्य सम्ममा सबै मापदण्डहरु पुरा गर्न पहिलो स्थान हुनेछ। कोमोले भनेका छन मे १५ सम्म, केहि कम जोखिम व्यवसायहरू र मनोरन्जन गतिविधिहरू खोल्न सक्षम हुनेछन् केही कम जोखिममा भएका राज्यव्यापी व्यवसायहरू पनि खुल्ने छन, जस्तै ल्याण्डस्केपिङ बगैंचा बनाउने, टेनिस, ड्राइभ-इन चलचित्र हलहरूजस्ता कम जोखिमपुर्ण व्यवसायहरु खुल्नेछन । कुमोले भने कि सेन्ट्रल न्यु योर्क र उत्तर न्युयोर्कले सात मध्ये ६ वटा मापडण्ड पुरा गर्न सझम भएका छन र यि दोस्रोचरणमा खुल्ने आशा गर्न सकिन्छ।

लगं आइल्याण्ड र मिड हडसन क्षेत्रहरु सात मध्ये ५ मापढण्ड पुरा गर्न सफल भएका छन । न्यू योर्क शहरले सात मध्ये मात्र चार मापडण्ड पुरा गरेको छ । गभर्नर कोमोले वनाएका मापडण्ड निम्नानुसार छन्:

१. १४ दिनमा अस्पताल भर्ना हुनेको संख्यामा प्रति ३ दिनको संख्या औसत दैनिक १५ भन्दा कम हुनु पर्ने छ ।

२. अस्पतालमा मृत्युमा हुनेको संख्या १४ दिनमा प्रति ३ दिनको औसत संख्या ५ भन्दा कम हुनु पर्ने छ ।

३.नयाँ अस्पतालमा भर्ना प्रति १००,००० बासिन्दाहरूमा प्रित ३ दिनको औसत २ भन्दा कम हुनु पर्ने छ ।

४. अस्पतालमा विरामीको संख्या कुल अस्पताल बेडको ३०% भन्दा कम हुनु पर्ने छ ।

५. ICU मा विरामीको संख्या आईसीयूमा भएका बेडहरूको संख्याको ३०% भन्दा कम हुनु पर्नेछ ।

६. प्रति १,००० बासिन्दाहरूमा मासिक परीक्षण प्रति दिन-दिनको औसत ३० नयाँ परीक्षण भएको हुनु पर्ने छ ।

७. प्रति १००,००० मा परिक्षण गर्दा ३० भन्दा कम संक्रमित हुनु पर्ने छ । गभर्नर कोमोरा अनुसार हाल न्युयोर्कमा मृत्युदर घटेर १६१ पुगेको छ भने नया संक्रमित ४८४८ मा छ ।

गभर्नर कोमोमा अनुसार तल उल्लेख भए अनुसार चरणबद्ध रूपमा निम्न व्यवसायहरु खुल्ला गरिनेछ:

चरण १: -निर्माण -निर्माण र थोक आपूर्ति संग सम्वन्धित -रिटेल-कर्वसाईट पिकअप – कृषि, वन र मत्स्य पालन

चरण २: – व्यावसायिक सेवाहरु -वित्त र बीमा -खुद्रा विक्रेताहरप – प्रशासकीय समर्थन – रियल एस्टेट / भाडा पट्टि

चरण:: -रेस्टरेस्ट्स / फूड सेवाहरू -होटेलहरू / आवास

चरण:: -आर्ट्स / मनोरंजन / मनोरन्जन -शिक्षा

व्यवसायहरूले सुरक्षा निम्न प्रक्रिया पनि लागू गर्नुपर्दछ:

व्यक्ति: -कार्यस्थल, घर र कामको शिफ्ट समायोजित व्यवस्थापन गर्नु पर्ने छ । -सामाजिक दुरी पालन गर्नु पर्ने छ । -अन्य अनावस्यक यात्रा प्रतिबन्धित रहनेछ ।

स्थानहरू: -अरु संग सम्पर्क गर्दा मास्क अनिवार्य लगाउनु पर्ने छ । – मापडण्ड वमोजिम कडा सफाई अनुसरण गर्नु पर्ने छ ।

प्रक्रिया: -कार्यस्थलमा प्रवेश गर्दा नियमित स्वास्थ्य परिक्षण गराउनु पर्ने छ । -लगातार ट्रेसिंग, ट्र्याकिंग र रिपोर्टिंग गर्नु पर्ने छ । स्था

नीय अधिकारीहरू पनि यसको लागि जिम्मेवार हुनेछन्: -टेस्टिङ र ट्रेसिंगको स्थान व्यवस्था गर्नु पर्ने छ। – अस्पतालहरूमा संक्रमण दर अनुगमन गर्नु पर्ने छ । -व्यापार अनुसासन पालन गर्नु पर्ने छ -स्थानीय सरकारहरू एक अर्कासँग सम्पर्कमा उल्लेखित मापडण्ड र प्रकृया पुरा गरेका शहरहरु क्रमैसंग खोल्दै जाने योजनामा न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमो हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी