हात्तीले भत्काएकोदेखि सामुदायिक वनका चुहिने घरमा बसेर मातृभूमिको सुरक्षा गर्दै सशस्त्र प्रहरी

हात्तीले भत्काएकोदेखि सामुदायिक वनका चुहिने घरमा बसेर मातृभूमिको सुरक्षा गर्दै सशस्त्र प्रहरी

  • मङ्लबार, बैशाख ३०, २०७७
  • डम्मर राज भट्ट

  • 15.4K
    SHARES

कन्चनपुर, बैशाख  ३० । मातृभूमि अर्थात सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले कञ्चनपुरमा अभावै अभावका विच सुरक्षामा खटिएको छ ।
भारतको उत्तरप्रदेश र उत्तराखण्डसंगै जोडिएको कञ्चनपुरको कुल १ सय २९.५ किलोमिटर सीमा क्षेत्रमा स्थापना भएका चार सशस्त्र प्रहरी बलका बोर्डर आउट पोट (बिओपी) अभावका विच देश र जनताको सुरक्षामा अहोरात्र खटिएका छन् ।
भारतले हरेक अढाई किलोमिटर दुरीमा एक बिओपी स्थापना गरेको छ । तर, नेपाल तर्फ ढिलोगरि ६ स्थानमा बिओपी स्थापना भएका छन् । तीन बिओपी स्थापना भएको एक बर्ष पनि पुगेको छैन् । भएका बिओपीमा समेत आवश्यक स्रोत साधन उपकरण आधुनिक प्रविधि छैन् ।
सरकारले कञ्चनपुरमा सीमा सुरक्षाका लागि ०६५ सालतिर सशस्त्र प्रहरीको सीमा सुुरक्षा कार्यालय स्थापना गरेको थियो ।
भारतको अतिक्रमणको चपेटामा परेको जिल्लामा दशक यतादेखि सीमानामा सशस्त्र प्रहरी खटाईएको थियो ।
अहिले कञ्चनपुरमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण अन्र्तरगत सीमा सुरक्षाका लागि ६ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । जसमध्ये बेलौरी र दोधारामा स्थापना भएको बिओपीको पक्की संरचना बनाईएको छ । भने चार बिओपी कच्ची मात्रै छैनन् । हात्तीले भत्काएको घरदेखि सामुदायिक वनको भवनमा बसेर सीमा क्षेत्रको सुरक्षा गर्नुपर्ने बाध्यता छ । जबकी अर्काको सुरक्षामा खटिने व्यक्ति शुरुमा आफै सुरक्षित हुनुप¥यो, उपयुक्त बसोबास बन्दोबस्त हुनुपर्ने भएपनि आफ्नै बस्ने घरको बेहाल भएपछि कञ्चनपुरका सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी अभावै अभावका विच खटिएका छन् ।


छिमेकी भारतको अतिक्र्मको चपेटामा परेको पुर्नवास नगरपालिका ९ विचफाँटामा तीन महिना अघि मात्रै बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।
६ बर्ष अघि स्थानीय बीर बहादुर सुनारको घर हो, त्यो घर हात्तीले भत्काएपछि उनीहरु डरले बस्न छाडेका थिए, बाँझो घरमा सशस्त्र प्रहरी बलको हाललाई बिओपी बनाईएको छ ।
अघिल्लो पुषमा बेलडाँडी गाउँपालिका ५ झिलमिलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गरिएको थियो । केही समय सामुदायिक भवनमा राखिएपनि पछि सशस्त्र प्रहरी बलले आफ्नै स्रोत साधनबाट टिणको छाप्रो निर्माण गरेका छन् ।
दुई बर्ष अघि कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा स्थापना गरिएको बिओपी सिद्धनाथ सामुदायिक वनको भवनमा राखिएको छ । तर अहिलेसम्म सामुदायिक वनकै भवनमा बसिरहेका छन् ।
नेपाली भूमिमै पुनर्वास नगरपालिका ४ गोबिन्द बजारको खोलामा ह्युमपाईप राख्ने क्रममा भारतीय पक्षबाट चलाएको गोली लागेर नेपाली नागरिक गोबिन्द गौतम मारिएको स्थलमा पनि सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरिएको छ । २६ फागुन ०७३ सालमा स्थापना गरिएको बिओपी स्थानीयकै टिणले छाएको घरमा राखिएको छ ।

दुई बिओपी बेलौरी र दोधारा बाहेक अन्य बिओपीका खानेपानी, विद्युत शौचालय, कार्यालय एव सुत्न समस्या भएको छ ।
स्थानीयका घरदेखि सामुदायिक वन कार्यालयका भवनमा सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि दैनिक कार्य सम्पादन एव खानेपानी, शौचालय, वाथरुम, लगायतका पिटी परेटमा समस्या भएको छ ।
फौज संगठन भएकाले सामुदायिक वन र स्थानीयको घर संरचनामा कार्य सम्पादन गर्न समस्या भएको छ । आफ्ना घर बाहेक व्यक्ति र सामुदायिक वनका भवनमा पानी पर्दा चुहिने र घाम पर्दा सिधै आगोले पोले जस्तै समस्या हुने गरेको सशस्त्र प्रहरीले बताएका छन् । ‘हावाहुरी, पानी पर्दा समेत कसरी बाँच्ने चिन्ता हुन्छ, ‘एक सशस्त्र प्रहरीले भने, ‘यस्तो अभावका विच पनि हामी राज्यले दिएको जिम्मेबारी पुरा गरिरहेका छौँ ।’ एक सय २९। ५ किलोमिटर दुरीमा ठाँउ ठाँउमा जंगल, नदी खोला नाला छन् ।
तराईको भूभाग र वाढि आउने समस्या भएकाले आफ्नो घर घर बचाउने कि, जनताको सुरक्षामा खटिने उनीहरुलाई चिन्ता पर्छ । छिमेकी भारतमा स्थापना भएका सीमा सुरक्षा बल९एसएसबी० का क्याम्प एव स्रोत साधन उच्च सम्पन्न भएका बेला नेपाल तर्फका सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीलाई हावाहुरी,पानी एव बर्सात, हिउँदका समयमा कसरी आफु सुरक्षित हुने चिन्ता छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बीरसिह साहुले न्यून स्रोत साधन अभावका विच पनि राज्यले दिएको जिम्मेबारी पुरा गरिरहेको बताए । ‘हामीसंग प्रर्याप्त स्रोत साधन छैनन, ‘उनले भने, ‘भएका पनि पनि थोत्रा भईसकेका छन ।’ आफ्नै भवन नभएका बिओपीमा खानेपानी, शौचालय, वाथरुम लगायतका शसस्त्र प्रहरीलाई आवश्यक पर्ने संरचना अभाव भएको बताए । जमिन नपाईदा बिओपीका भवन निर्माणमा ढिलाई भईरहेको उनले बताए । ‘हामीले पनि हरेक दुई तीन किलोमिटर दुरीमा बिओपी राख्ने प्रस्ताव राखेका छौँ, ‘उनले भने, ‘अहिले कोरोना नियन्त्रणमै जुटेका छौँ ।’
थप बिओपी र स्थापना भएका बिओपीमा भवन निर्माणका लागि माथिल्लो निकायमा माग गरिएको उनले बताए ।
सीमा सुरक्षाका लागि कञ्चनपुरमा कुल ६ सय २१ दरबन्दी भएको बताउदै उनले यस अघि दरबन्दी अनुसार पदपूर्ति नभएपनि अहिले कोरोना नियन्त्रणका लागि थप तीन सय सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटिएका छन् । ‘अहिले कोरोना नियन्त्रणका लागि २३ स्थानमा थप बिओपी जस्तै पोष्ट स्थापना गरेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘हावाहुरीले पुरै पोष्ट उठाएर लग्यो, एक दिन त्यही निर्माण गर्न लाग्छ ।’
सुरक्षा गस्तीका लागि आवश्यक स्रोत साधन अभाव भएको बताउदै उनले टर्च लाईटदेखि बाईनाक्लोरबिन थप गनुपर्ने बताए । तराईका जंगल बुट दिने नगरेपनि बर्षातको समयमा सर्प सहितका विषालु जनावरबाट सुरक्षित रहनका लागि जंगल बुट आवश्यक रहेको छ । प्रर्याप्त सोत साधन, उचित सुविधा एव न्यूनतम व्यवस्था अभावका विच पनि सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी