महामारीमा नुनदेखि औषधीसम्म मनपरि मूल्य लिएर उपभोक्ताको ढाड सेक्दै व्यापारी, कालोबजारी गर्ने मोटाउदै

महामारीमा नुनदेखि औषधीसम्म मनपरि मूल्य लिएर उपभोक्ताको ढाड सेक्दै व्यापारी, कालोबजारी गर्ने मोटाउदै

  • सोमवार, बैशाख २९, २०७७
  • डम्मर राज भट्ट

  • 22.2K
    SHARES

कन्चनपुर, बैशाख  २९ । नोभल कोरोना भाईरसबाट कसरी बाँच्ने भन्नेमा विश्व सहित नेपाल सरकार चिन्तित भईरहेका बेला कञ्चनपुरका केही व्यापारी भने महामारीको मौका छोपी कालाेबजारीमा उद्यत भएका छन् । नुनदेखि औषधीसम्म मानिसका लागि चाहिले आवश्यक सबै बस्तुतथा सेवामा उपभोक्ताको ढाडसेक्दै कालोबजारी गर्ने केही सिमित व्यापारी मोटाउँदै छन् ।
दैनिक उपभोग्यदेखि विभिन्न समाग्रीको मुल्य बृद्धि गरेर कालाेबजारीकाे बिजारोण गरिरहेका छन् । यही मौकामा चौका हान्ने अर्थात मोठो रकम कमाउने दाउमा रहेका व्यापारिले कृतिम अभाव देखाउँदै अनेकन बहानाबाजी गरेर समानको मुल्य बृद्धि गरिरहेका छन् । औषधी पसलदेखि किराना, तरकारी र हार्डवेयरका समानको मुल्य उपभोक्ताको डाढ सेक्ने हिसाबले मुल्य बुद्धि गरिरहेका छन् ।
स्थानीय स्तरमा तरकारी हुँदाहुँदै भारतबाट आएको विषादियुक्त तरकारीदेखि फलफुलको मुल्य समेत आकासिएको छ । कोरोना संक्रमित भारतबाट कैलालीको त्रिनगर भन्सार आएर अत्तरिया हुँदै कञ्चनपुर पुग्ने तरकारी तथा फलफुलको मुल्यसंगै कोरोना जोखिम बढाएको छ ।
नुनदेखि खाद्यान्न, फलफुल, तरकारी एव सरियासिमेन्टको मुल्य बृद्धि गरेर कारोबारी गर्ने व्यवसायीलाई प्रहरी प्रशासनले समेत छुट दिएको छ । लकडाउनका बेला अत्यावश्यक पसल जस्तै डेरीमा समेत किराना समान एव सुर्तिजन्य पदार्थको बिक्रि वितरण भईरहेको छ ।
उपभोक्तालाई व्यवसायीले अनेकन ढाटढुट छलकपट गरेर समानको बढि रकम लिएर बिक्रि वितरण गरिरहेका छन् । लकडाउन अघि र अहिले हरेक दैनिक उपभोग्य समानको मुल्य बृद्धि गरेर कारोबार गरिरहेका छन् । पेट्रोलियम पदार्थ बाहेक अन्य सबै समानको मुल्य बृद्धि गरेर व्यवसायीले उपभोक्ताको टाउकोमा भार थमाएका छन् ।


साल्टटे«डिङ्ग कर्पोरेशनले एक प्याकेट नुनको मुल्य २० रुपैया तोकेपनि व्यवसायीले अभाव देखाएर २५ देखि ३० रुपैयाम्म अशुलिरहेका छन् । उपभोक्ता डिबी कुश्मीले शुल्लाफाँटा नगरपालिका क्षेत्रका व्यवसायीले नुनमा समेत मुल्य बृद्धि गरेको बताए । कृष्णपुर नगरपालिकाको मुल्य बजार गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर देउवाले लकडाउनमा स्वयम व्यवसायीले लुटतन्त्र मच्चाएको बताए ।‘मैले पटक पटक भन्दा उल्टै ममाथि व्यवसायी साथिहरु खनिन्छन्, ‘गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले भने, ‘बजार अनुगमन गर्ने जिम्मा स्थानीय सरकारले पाएपछि अनुगमन गर्दैैनन् ।’ कृष्णपुर नगरपालिकाद्वारा तीन महिनामा एक पटक बजार अनुगमन गरिएको अध्यक्ष देउवाले बताए । उनका अनुसार स्वास्थ्यका लागि हानिकार मदिरा, सूर्तिजन्य पदार्थको मुल्य बृद्धि गर्दा समेत सेवन गर्न नछाडिएको बताए । ‘हुँदाहुँदा गाँउ गाउँमा मदिरा र सुर्तिजन्य पदार्थको मुल्यपनि भारी बृद्धि गरिएको पाईयो, ‘उनले भने, ‘मदिरा र सुर्तिजन्य पसल खुलेयाम संचालनमा छन्, खानेले बिरोध गर्दैन, हामीले गर्दा व्यवसायीबाटै समस्या आउँछ ।’ अध्यक्ष देउवाका अनुसार १० रुपैयामा पाईने सूर्तिको प्याकेट २०, ५० रुपैयामा पाईने तल्लोस्तरको मदिरा ६० देखि ७० रुपैयामा बिक्रि भईरहेको छ । अनुगमन गर्ने निकायले ध्यान नदिएकै कारण उपभोक्त मारमा परेको उनले बताए । १५ सय ५० रुपैयामा पाईने एटएटफोेरएट १८ सय, १४ सयमा पाईने रुस्लान भोट्का १६ सय रुपैयामा कारोबार भईरहेको एक मदिराका उपभोक्ताले बताए । ‘यो लकडाउनको समयमा हो, ‘उनले भने, ‘पिउने बानी छुट्दैन, साहुले बढि रकम लिएर मदिरा बिक्रि गरेर उजुरी दिदा आफै फसिने डर, त्यसैले साहुले जति माग्यो, उति नै रकम दिन्छौँ ।’ कोरोना जोखिम निम्त्याएर भारतबाट आउने तरकारी एव फलफुल लगायत दैनिक उपभोग्य समानको मुल्य आकासिदा स्वदेशी तरकारी एव फलफुल उत्पादक किसानले सस्तोमा बिक्रि गरिरहेका छन् ।


दोदा नदीको बगरमा तरकारी एव फलफुल उत्पादन गरेका किसान पदम रानाले खरभुजा प्रति किलो २५, खिरा २०, लौका २० रुपैया किलो बिक्रि गरिरहेको बताए । तर भारतबाट आउने आलु किलो ७० रूपैया छ जबकि यस अघि ४० रुपैया थियो।  ५० रुपैयामा पाईने प्याज ७० रुपैया, सुकेको खुर्सानी ६सय रुपैया किलो, र ग्रामले लगे ७ सय रुपैया पर्छ । उपभोक्ता अम्बादत्त तिवारीले लकडाउन अघि ३ सय ५० रुपैयामा किलो पाईने खुर्सानी अहिले ६ सय रुपैया किलो बिक्रि वितरण भईरहेको बताए । ‘किलो नै किन्दा ६सय खुद्रा ग्रामका दरले किन्दा ७ सय रुपैया परिरहेको छ, ‘उनले भने, ‘ व्यवसायील यतिसम्म लुट मच्चाईरहेका छन, ।’ फलफुलमा पनि मृल्य बृद्धि गरिएको छ । १ सय १५० देखि २ सयमा पाईने स्याउ २ सय ५० देखि ३ सय ५०, २ सयमा पाईने अनार ४ सय र ७० देखि ९० रुपैयामा पाईने केरा प्रति दर्जन सयदेखि १ सय २० रुपैया अशुलिरहेका छन् । फलफुलको मुल्यमा समेत भारी बृद्धि गरेका छन् । बेदकोट नगरका युवा सिरोमणी कुमार ओझाले बेदकोट नगर क्षेत्रका व्यवसायीले कालो बजारी गरिरहेको बताए । उनका अनुसार कृतिक अभाव देखाएर उपभोक्ताबाट बढि रकम अशुलिरहेका छन् । खाद्यान्नको समेत बृद्धि गरिएको छ । मोटा चामल, दालको मुल्य बृद्धि गरिएको छ । मोटा चालमको प्रतिकिलो ३५ मा पाईने अहिले ४० रुपैया र १ सय २० रुपैयामा पाईने दाल १ सय ९० रुपैयासम्म अशुलिरहेका छन् । निर्माण समाग्रीमा समेत व्यवसायीले मुल्यबृद्धि गरेर बिक्रि गरिरहेको उनले बताए । उनका अनुसार ६ सयदेखि ७ सयमा पाईने विभिन्न कम्पनीका सिमेन्ट ९ सयमा कारोबार गरिरहेका छन् ।
औषधी पसल क्षेत्रमा समेत कालोबजारी एव नागरिकको स्वास्थ्यमा खेलवाड भईरहेको पाईएको छ । औषधीको म्याद समाप्त भएका औषधि बिक्रि गरिरहेको पाईएपछि कैलाली र कञ्चनपुरको संयुक्त बजार अनुगमनको टोलीले जिल्लाको भीमदत्त नगरपालिका ४ मा रहेको तिवारी मेडिकललाई जरिवाना गराएको छ । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ । कञ्चनपुरमा रहेका ग्यास, पेट्रोल ,खाद्यान्न र औषधि पसलको अनुगमन गर्दा सो मेडिकलमा म्याद समाप्त भएका औषधि भेटिएको थियो ।

त्यस्तै मास्क र औषधिको खरिद बिल माग गर्दा देखाउन नसकेकोले जरिवाना तोकिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए । जरिवाना तोकिएको सात दिन भित्र सो रकम बुझाई सक्नुपर्ने जनाएको छ ।
महामारीका बेला कालो बजारी गर्नेमाथि अन्य स्थानीय तह जिल्लामा कार्बाही भएपनि कञ्चनपुरमा नभएको उनको दुखेसो छ । ‘कालोबजारी गर्ने व्यापारी धमाधम कार्बाहीमा परेका छन, ‘उनले भने, ‘हाम्रो यहाँ किन रु कार्बाही पदैनन, कतै मिलोमतो त छैन ।’ हरेक समानको मुल्यबृद्धि गरिएपछि उपभोक्ताले समेत बिरोध गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रभुनिधी पन्तले स्थानीय सरकारको कमिकमजोरीका कारण बजारमा दैनिक उपभोग्यदेखि अन्य समानको कालोबजारी बढेको बताए । नियमित बजार अनुगमन नगर्दा हरेक समानको मुल्यबृद्धि गरिएको उनले बताए ।
स्थानीय सरकार संचालन ऐनमा संयुक्त बजार अनुगमन उप प्रमुखको नेतृत्वमा गर्नुपर्ने भएपनि कञ्चनपुरका कुनैपनि स्थानीय तहले प्रभावकारी बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेको बताए । ‘यस्तो विषम परिस्थितिमा पनि स्थानीय तहले बजार अनुगमन नगर्नु दुखत विषय हो, ‘उनले भने, ‘कालोबजारी मौलाउँदा समेत स्थानीय सरकार चुप लागेर बसेको छ ।’
कञ्चनपुर उद्योग वाणिज्य सघले कालोबजारी गर्ने व्यवसायीलाई कठोर कार्बाहीको माग अघि सार्दै आएको छ । वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले महामारीका बेला कालोबजारी गर्ने, तस्करी गर्ने जो सुकै व्यपारी वा व्यक्ति भए कार्बाही गर्नुपर्ने बताए । ‘अधिकाँस ईमान्दार व्यवसायी पसल बन्द गरेर लकडाउनको पालना गरिरहेका छन, ‘बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘केही एक दुई व्यवसायीले कालोबजारी गरेका छन् ।’ माग र आपूर्तिको असन्तुलन नहुँदा बजारमा केही गलत तत्व मौलाएको बताउदै उनले माग सहज वा कालोबजारी गर्नेमाथि कार्बाहीमा जोडदिए ।
कञ्चनपुरका स्थानीय तहले बजार अनुगमन गर्नका लागि बजार बन्द भएको बताएका छन् । भीमदत्त नगरका उप प्रमुख एव बजार अनुगमन समिति संयोजक शुशिला चन्द ९सिह०ले बजार नखुल्दा अनुगमन गर्न समस्या भएको बताईन् । कालोबजारी गर्ने बारे तत्तकाल भीमदत्त नगरको टोलफ्रि नम्बरमा खबर गर्न अनुरोध गरिन् । राती तस्करी हुँदा समस्या भएको उनको भनाई छ । आम उपभोक्ताले बजार अनुगमन स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्नेमा जोडदिएका छन् । महामारीका बेला समेत कालोबजारी गरेर जनतालाई लुट्ने व्यापारी समाजका बिरोधी तत्व भएकाले यस्तामाथि कार्बाहीको उपभोक्तको माग गर्दै आएका छन् । कालोबजारी बढ्दै गएपछि सोमबारदेखि भीमदत्त नगरपालिका महेन्द्रनगर बजार क्षेत्रममा संयुक्त बजार अनुगमन शुरु गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ