दुई फुटबल खेलाडीमा कोरोना देखियो, सबै खेलाडी आइसोलेसनमा

दुई फुटबल खेलाडीमा कोरोना देखियो, सबै खेलाडी आइसोलेसनमा

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२८ बैशाख, एजेन्सी । दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र स्टाफलाई आइसोलेशनमा राखिएको छ । क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो ।

कोरोनाको महामारीबाट क्रमशः लयमा आउने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ । बुण्डेस लिगा तथा बुण्डेस लिगा टू यहि महिना सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु मे १६ देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताएका छन् । गत बिहीबार जर्मन फुटबल एसोसिएशन (डिएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो ।

बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोरोना भाइरसको परीक्षण अनिवार्य गरिएको थियो ।

खेलको दिनमा खेलाडी, कर्मचारी तथा खेल पदाधिकारी गरी गरिब ३०० जना रंगशालामा उपस्थित हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ