इंग्लिस प्रिमियर लिगः बाँकी खेल न्युट्रल भेन्युमा खेल्न वाट्फोडद्वारा अस्विकार

इंग्लिस प्रिमियर लिगः बाँकी खेल न्युट्रल भेन्युमा खेल्न वाट्फोडद्वारा अस्विकार

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

२८ बैशाख, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले सिजनको बाँकी खेल न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको छ ।

प्रिमियर लिगले कोरोना भाइरसको महामारीको कारण स्थगित लिगको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउने तयारी गरिरहँदा वाट्फोर्ड भने विपक्षमा उभिएको छ ।

वाट्फोर्डका अध्यक्ष स्कट डक्सबरीले यस कदमले खेलकुदको निष्पक्षता र अखण्डतामा सम्झौता हुने बताएका छन् ।

स्कटले अहिलेको अवस्थामा दर्शक बिना खेल्न तयार भएको तर न्युट्रल भेन्युमा नखेल्ने बताएका हुन् ।

वाट्फोर्ड न्युट्रल भेन्युमा खेल्न अस्वीकार गर्ने तेस्रो क्लब हो । यस अघि एस्टन भिल्ला र ब्राइटनले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो ।

न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबले भोली छलफल गर्दैछ । यस्तै छलफलमा प्रिमियर लिग सुचारुको मितिबारे समेत छलफल हुनेछ ।

प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहँदा सिटीको ५७ अंक रहेको छ ।
यो सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ