कोशी अस्पतालमा कोरोनाको सफल उपचार पछि खुसीको बाढी !

कोशी अस्पतालमा कोरोनाको सफल उपचार पछि खुसीको बाढी !

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

विराटनगर, बैशाख २७ गते । धेरैलाई नेपालको उपचार प्रणाली र औषधीको अभाव र विभिन्न समस्याले कोरोनाको यति द्रुत गतिमा कोशी अस्पतालमा पनि उपचार होला भन्ने लागेको थिएन ।
तर कोशी अस्पतालका चिकित्सकहरुले नेपालको प्राकृतिक जडिबुट्टी अस्वगन्धा, गुर्जाेदेखि चेवनप्रयास सम्म पनि प्रयोग गरेर छोटो समयमै करीब १४ जना संक्रमितलाई निको बनाएर घर पठाउन सफल भए पछि खुसी हुने धैरै देखिए ।
स्वयं उपचारमा संलग्न चिकित्सक त खुसी हुने नै भए संक्रमितका आफन्त पनि खुसी हुने नै भए त्यसले त्याहाँको उपचार पद्धति र विस्वसनीयतामाथि आशा पनि जगाएको छ ।
आफन्तले कोरोना संक्रमण परास्त गरेको खबर सुनेपछि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आएका छिरछिमेक र घरपरिवारका सदस्यले शुक्रबार आफ्नो खुशी थेग्न सकेनन् ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेकै बखत कोरोना संक्रमित हुनु भएका विराटनगर–१७ का ७२ बर्षिय आइनो मियाँ र ६० वर्षिय इजरायल मियाँसहित ८ जना डिस्चार्ज हुनु भएपछि आफन्त र छरछिमेकमा खुशी छाएको हो । त्यस अगाडी गत बुधबार समेत ६ जनालाई कोरोना भाईरस मुक्त बनाएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।


घरका सदस्य र पाहुनाको डिस्चार्ज हुनु पूर्व अस्पताल परिसरमा ‘शुक्रिया सरकार, शुक्रिया मन्त्री र शुक्रिया चिकित्सक तथा स्वास्थ्यकर्मी’ लेखेका प्लेकार्ड बोकेर आफन्तले उत्साह मात्रै प्रकट गरेनन् उपचारमा संलग्नहरुप््रति हौसला पनि बढाए । उचित समयमा प्रदेश सरकारले गरेको निर्णयबाट अस्पताल सञ्चालनमा आएकोप्रति स्वाबासी समेत दिन भ्याए ।
आफन्तसँगै इस्लाम धर्मालम्बीहरुको तबलिकी जमात समुहका १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यीमध्ये १२ जना भारतीय नागरिक वा पाहुना थिए । नेपालका आएका बखत पाहुना समेत संक्रमित हुनुले धेरैलाई चिन्ता बढाएको थियो । विराटनगरका मुस्लिम अगुवा युवा चाँद इराकीले भन्नुभयो–संसारमै यस्तो अपूर्व सहयोग सायद कहिं हुन्न थियो, भाग्यले सरकार र चिकित्सक पायौं ।


उहाँले रमजान महिनामा तबलिकी जमातमा रहेकाहरुका लागि रोजा (ब्रत) बस्ने वातावरणदेखि नमाज पढ्ने अवसर समेत दिलाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार गर्नु उदाहरणीय भएको बताउनुभयो । कुनैपनि शब्दले प्रदेश सरकारको वर्णन गर्न सक्ने अवस्था छैन, इराकीले भन्नुभयो–सहि समयमा अस्पताल बनाउनु, उचित उपचार गर्नु र सम्मानपूर्वक विदाई गर्नेहरु हाम्रा आरदणीय हुनुहुन्छ ।
गत बैशाख ४ गतेसम्म प्रदेश भित्र एकजना पनि नागरिक कोरोना संक्रमण देखिएको थिएन । प्रदेश सरकार संक्रमित छैनन् भनेर ढुक्कले नबस्दा विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याईसकेको थियो । त्यहि अस्पतालले बैशाख ५ गतेपछि ३१ संक्रमितको भार थेग्दै १४ जनाको उपचारमा सफल भईसकेको छ । बाँकी रहेका १७ जनाको समेत अवस्था सामान्य उन्मुख रहेका कारण यहि हप्तामा खुशीका खबरहरु सुन्न पाउने अपेक्षा चिकित्सकहरुले राख्दै आएका छनु ।
हामीलाई प्रदेश सरकारले भर दिएकैले हौसला प्राप्त ग¥यौं, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुहुन्छ–त्यहि हौसलाको परिणाम हामीले दिईरहेका छौं ।
संक्रमितको उचित स्वास्थ्य सुरक्षाका लागि सचिव रबिलाल पन्थथ संयोजकत्वमा अस्पताल सञ्चालन निर्देशन समिति गठन गरिएको छ । यो समितिका मातहतमा अस्पताल प्राविधिक समिति मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रा र अस्पताल व्यवस्थापन समिति जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतको संयोजकत्वमा रहेको छ ।
त्यस बाहेक प्राविधिक समिति मातहत वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलको संयोजकत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति र फिजिसियन डा.डेनप्रदास आचार्यको संयोजकत्वमा संक्रमित उपचार समिति रहेको छ । अस्पताल व्यवस्थापन समितिले उपचारमा संलग्न चिकित्सकको दैनिक व्यवस्थापन र विरामीको व्यवस्थापनको काम गर्दै आएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब संक्रमितको उपचारका लागि कुनै समस्या नभएकोले ‘थ्रि टी’ विधी सुरुवात गरिने बताउनुभयो । ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ विधी कार्यन्वयन गरेर नागरिकमा कोरोना विरुद्धको उपचार प्रणाली अगाडी सारिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यसका लागि मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताको नेतृत्वमा ट्रेसिङ्ग, प्रादेशिक प्रयोगशाखाका प्रमुख डा.जयबेन्द्र यादवको संयोजकत्वमा टेस्टिङ र कोशी अस्पताल मेसु संगिता मिश्राको संयोजकत्वमा ट्रिटमेन्ट टोलि परिचालन गरिने भएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा गत वैशाख ५ गतेदेखि संक्रमितको उपचारमा खटिनु भएका २५ जना स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार नै घर पठाइएको छ ।
प्रदेश सरकारले विराष्टनगरको इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा राखेका स्वास्थ्यकर्मीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले बधाई तथा शुभकामना सम्मानका बिदाई गर्नु भएको हो ।
बिदाई कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालक मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालेसमेत स्वास्थ्यकर्मीको साहसको प्रशंसा गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी