कोरोनाका कारण फुटबलमा नयाँ नियमः एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

कोरोनाका कारण फुटबलमा नयाँ नियमः एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२७ बैशाख, काठमाडौं । फुटबल खेलमा नयाँनियम लागु गरिएको छ । कोरोना महामारीपछि खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको हो । खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।

कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।

विश्वभर फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको बताएको छ । आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो ।

यो वर्षको डिफेम्बर ३१ भित्र सञ्चालन हुने सबै प्रतियोगितामा सो नियम लागू हुनेछ । युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन् । हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समयमा टिमहरुले अधिकतम पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ