कोभिड १९ः अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि केन्द्रीय बैंकको पहल

कोभिड १९ः अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि केन्द्रीय बैंकको पहल

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, २६ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणका निम्ति आफूहरू प्रयत्नशील रहेको बताउनुभएको छ । केन्द्रीय बैंकको भर्चुअल बैठकमा उहाँले सरोकार भएका निकायको सहयोग एवं सुझावका आधारमा आफूहरूले ठोस कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्राप्त सुझावका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रम तर्जुमाका निम्ति सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले भर्चुअल छलफल गरेको हो । बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझाव सङ्कलन गरेको छ ।
कार्यक्रममा सहभागीले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ बजेटले समेट्नुपर्ने नीतिगत सुझाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ