लकडाउनका कारण देशभरी कालोबजारी बढ्यो, स्याउँ ५ सय रु प्रति किलो !

लकडाउनका कारण देशभरी कालोबजारी बढ्यो, स्याउँ ५ सय रु प्रति किलो !

  • मङ्लबार, बैशाख २३, २०७७
  • डम्मर राज भट्ट

  • 11.9K
    SHARES

बैशाख , २३ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९०लाई रोकथाम तथा न्युनिकरणका लागि सरकारले गरेको लकडाउनका कारण बजारमा कालो बजारी ह्वात्यै बढेको छ ।

सरकारले कालोबजारी गर्ने जोकोहीलाई पनि कारवाही गरिने भने पनि कारवाहीको दायरामा भने कसैलाई ल्याउन सकेको छैन् । ब्यापारीहरुले बजारमा समान नभएको भन्दै प्रत्येक सामानको भाउ ह्वात्यै वढाएर बेचिरहेको उपभोक्ताहरुको गुनासो रहेको छ । अहिले बजारमा कालोबजारी गर्नेहरुले स्याउँ ५ सय रुपैयाँ प्रतिकिलो बेचिरहेका छन् , चिनी १ सय रु प्रतिकिलो, पट्रोल १३० रु प्रतिलिटर चरीको विउ २७० रु किलोको दरले कालोबजारी भइरहेको छ ।

यसमा सम्वन्धित निकाय भने मौन बसीरहेको र उपभोक्ता बाध्य भएर ठगिन पुगेका छन् । यस्तै कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा पनि यहि समस्या देखिन थालेको छ । उपभोग्य सामानमा ठगिनु त ठिकै भएको स्वीकार गरेका छन् तर अन्य निर्माण कार्यका सामानमा समेत यस्तै ब्रहम लुट चलेको छ । यस विषमा गाउँपालकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने आफुहरुले अनुगमन गरिरहेको र यस्तो प्रमाण भेटिने वित्तिकै कारवाही गरिने बताए । कालोबजारी बढेको सुन्नमा आएको बताउदै तर प्रमाण भेटिने वित्तिकै ठाउँको ठाउँ कारवाही गरिने जनाउनु भयो ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले भने उपभोक्ता ठगिदा समेत आफुहरुलाई गुनासो नभन्ने गर्दा पनि आफै कालोबजारीमा फस्न गरेको बताए । हामीले पटक पटक भन्दै आएका छौ यो विसम परिस्थितिमा कालोबजारी गर्ने जो कोहिलाई पनि कारवाही गर्ने बताउनु भयो । यो बेला बजारमा सामान सटेजको बहाना देखाएर कसैले पनि यस्तो कार्य नर्गन आग्रह समेत गर्नु भयो ।

बेलडाँडी गाउँपालिकाले कालोबजारी रोक्नका लागि अनुगमन बढाउने भएको छ । बेलडाँडी गाउँपालिका वडा नं।२ का अध्यक्ष प्रेमराज खातीका अनुसार गाउँपालिकाकै बजार भनेको वडा नं।२ भएकाले आफुहरुले कालोबजारी रोक्ने बतानु भयो । कुनै पनि व्यापारीले यस्तो विसम परिस्थितिका बेला यस्तो अमानवियता देखाउछ भने कडाकारवाही समेत गर्न गाउँपालिका पछि नहट्ने वहाँले जनाउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ