इङ्गलिस प्रिमियर लिगको रेलिगेशनबाट बच्न क्लबहरु बाँकी खेल खेल्न तयार

इङ्गलिस प्रिमियर लिगको रेलिगेशनबाट बच्न क्लबहरु बाँकी खेल खेल्न तयार

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२२ बैशाख, काठमाडौं ।
इङ्गलिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले रेलिगेशनबाट बच्न न्युटङल भेन्युका बाँकी ९२ खेल खेल खेल्न तयार रहेको बताएका छन् ।

शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी ९२ खेल गर्ने पक्षमा छन् ।

तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनु पर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुको तर्क छ ।

उनीहरुले रेलिगेशनको जोखिम हटाएमा न्यूट्रल भेन्यूमा बाँकी खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।

ब्राइटनसहितका तालिकाको पुछारमा रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने धारणा राखेका हुन् ।

विश्वभर कोरोना भाइरसको महामारी फैलन थालेपछि इंग्लिस प्रिमियर लिगका खेलहरु गत मार्च १३ देखि रोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ