इटालीयन सिरी ए फुटबलका बाँकी खेल सुरु हुनेबारे अन्योलता कायमै

इटालीयन सिरी ए फुटबलका बाँकी खेल सुरु हुनेबारे अन्योलता कायमै

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२२ बैशाख, काठमाडौं । इटाली सरकारले सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल गर्न हतार नभएका बताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेकाले सिरी ए फुटबलको यो सिजनका बाँकी खेल सुरु गर्न हतार हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले स्पष्ट पारेका हुन् ।

सिरी ए का क्लबहरुलाई व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर टिम प्रशिक्षण भने अहिले स्वीकृत छैन ।

टिम प्रशिक्षण मे १८ देखि सुरु गर्ने तयारी छ । कोरोना भाइरसको महामारीका कारण गत मार्च ९ देखि इटालियन सिरी ए फुटबलका खेलहरु स्थागित छन् ।

सिरी ए र इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) दुवै यो सिजन पूरा गर्न चाहन्छन् । तर इटाली सरकारले भने अहिले नै यसबारे अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ