स्पेनिस सरकारको स्वीकृतिसँगै घरेलु फुटबल प्रतियोगिता सुरु गर्ने, तयारीमा जुटे खेलाडी

स्पेनिस सरकारको स्वीकृतिसँगै घरेलु फुटबल प्रतियोगिता सुरु गर्ने, तयारीमा जुटे खेलाडी

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

१८ बैशाख, एजेन्सी । स्पेनिस सरकारले स्वीकृति दिएपछि ला लिगा भन्दा अघि नै घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् ।
कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले सरकारको स्वीकृतिसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् ।
कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँग सरकारले स्पेनमा लिग फुटबल सुचारु गर्न स्वीकृति दिएको हो ।
११ चरणका खेलहरु हुन बाँकी रहेको ला लिगामा बार्सिलोना रियाल मड्रिड भन्दा दुई अंकले अगाडी छ ।
संकटाका रुपमा रहेको संक्रमणका बिच स्पेनमा ला लिगा बन्द रंगशालामा गर्ने तयारी गरिएको छ ।
खेलका बेला संक्रमण नहोस भनेर स्पेनले चार चरणका योजना बनाएको छ । मे ४ देखि ११ तारिखसम्म पहिलो चरणको प्रशिक्षण सुरु गरिने बताइएको छ ।
यस्तै प्रशिक्षणका बेला पनि सामाजिक दुरी कायम गरेर गर्नुपर्ने नियम बनाइएको छ भने खेलाडी, प्रशिक्षक र कर्मचारीलाई हरेक दिन प्रशिक्षण सुरु भएपछि परीक्षण गरिनेछ ।
मंगलबार मात्र युइएफएले मे २५ तारिखसम्म सबै संघलाई घरेलु लिगको निर्णय दिन निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ