एन्फाद्धारा खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत दिन समिति गठन

एन्फाद्धारा खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत दिन समिति गठन

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बैशाख १७, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाईरसबाट प्रभावित खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत तथा सहयोग गर्नका लागि एक समिति गठन गरेको छ ।

भिडियो च्याटबाट बुधबार बसेको एन्फा पदाधिकारीको बैठकले राहत तथा सहयोग समन्यव समिति गठन गरेको हो । एन्फाले स्वास्थ्य समितिका संयोजक रहेका रत्न कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरेको हो । समितिको सदस्यमा उतम कुमार भण्डारी र रुपेश अधिकारी रहेका छन् ।

समितिले कोरोना प्रभावित जिल्ला संघ, ए बी र सी डिभिजन क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री तथा महिला संघहरुको सूची तयार गर्नेछ । जसको आधारमा एन्फाले सहयोग गर्ने जनाएको छ ।

एन्फाले समितिलाई पाँच दिन भित्र संकटग्रस्त खेलाडी, जिल्ला, क्लब, प्रशिक्षक तथा रेफ्रीहरुको पहिचान गरेर सचिवालयमा पेश गर्न भनेको छ ।

एन्फाले फुटबल खेलेर र खेलाएर जीविकोपार्जन गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मी कोरोनाको कारण प्रभावित भएको र जसको कारण नेपाली फुटबल बिकासमा समेत गम्भीर प्रभाव पारेको भन्दै सहयोगका लागि समिति गठन गरेको जनाएको छ ।

एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको समेत प्रतिवद्दता भएको कारण एन्फाले यस कदम अघि बढाएको जनाएको छ । फिफाले गत साता हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरिसकेको छ ।

कोरोनाको कारण अहिले नेपाली खेलकुद ठप्प रहेको छ । एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग समेत अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ