निम्बसद्धारा बीरगञ्जमा अनलाईन सपिङ सेवा विस्तार

निम्बसद्धारा बीरगञ्जमा अनलाईन सपिङ सेवा विस्तार

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौं । १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीको अवस्था विद्यमान रहेका बेला निम्बस समुहले बीरगञ्जमा अनलाईन सपिङ सेवा विस्तार गरेको छ । देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न चैत्र ९ बाट निम्बसले आफना ग्राहक वर्गलाइ सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nimbusbazar.com मार्फत अनलाइन अर्डरहरु लिन सुरु गरेको थियो ।
अहिले यो सेवाको माग बढ्न थाले पछि बीरगञ्जमा सेवा विस्तार गरिएको सो समुहले जनाएको छ ।
यस्ता सेवालाई सहज र समयानुकुल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याउन थालेको छ । निम्बसले सुरुवातदेखिनै न्युनतम अर्डर अनिवार्य गर्ने गरेको छैन । यसले ग्राहकहरुलाई आफूलाई आवश्यक पर्ने सामान मात्रै किन्ने छुट दिएको छ ।
निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्– “सेवाग्राहीहरुका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौँ र हाम्रोसेवा थप स्तरिय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।”
कम्पनीले कर्मचारीहरुलाई कोभिड १९ सुरक्षामा ध्यान दिदै डेलिभर गर्ने कर्मचारीहरुको बीमा समेत गरेको छ । । साथै कम्पनीले आफ्ना । कम्पनीका सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ