अन्ततः फ्रान्सको शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता ‘लिग वान’ र ‘लिग टु’ रद्द

अन्ततः फ्रान्सको शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता ‘लिग वान’ र ‘लिग टु’ रद्द

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी,१७ वैशाख । फ्रान्सको शीर्ष डिभिजनका दुई वटा फुटबल प्रतियोगिता ‘लिग वान’ र ‘लिग टु’ रद्द भएका छन् ।

कोरोना भाईरसको महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनका बाँकी खेलहरु रद्द भएका हुन् ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले हिजो लकडाउन यही मे ११ तारिखपछि खुकुलो पार्ने बताउँदै खेलकुद गतिविधि भने सेप्टेम्बरसम्म बन्द गरिएको घोषणा गरेका थिए ।

यसले त्यहाँको शिर्ष डिभिजनका दुई वटा लिग फुटबल रद्द हुने भएपछि यो सिजन क्लबहरु बढुवा र घटुवा गर्न पनि समस्या पर्ने देखिएको छ ।

त्यहाँको फुटबल संघले यसबारे औपचारिक निर्णय गरेको छैन । लिग रद्द भएसँगै शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधिबाट वन्चित हुने भएको छ ।

जारी सिजनमा पीएसजी ६८ अंकसहित शीर्ष स्थानमा रहेको थियो । दोस्रो स्थानको मार्सेको ५६ अंक छ ।

यसैबिच युरोपेली फुटबल महासंघ युएफाले आफ्ना सबै सदस्य राष्ट्रहरुलाई चालु सिजनको लिग सम्पन्न हुने वा नहुने विषयमा निर्णय गर्न आगामि मे २५ तारिखसम्मको समय दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ