अमेरीकामा यसरी प्राप्त गर्न सकिन्छ बेरोजगार भत्ता

अमेरीकामा यसरी प्राप्त गर्न सकिन्छ बेरोजगार भत्ता

  • सोमवार, बैशाख १५, २०७७
  • सञ्जय थापा

  • 22.8K
    SHARES

कोरोनाले धेरै अमेरीकीहरुलाई बेरोजगार बनाएको छ र सबै कामदारहरुको आमदानीको मुख्य स्रोत भनेको बेरोजगार भत्ता नै हो । संयुक्त राज्य अमेरीकाको श्रम विभागका अनुसार ६६ लाख मानिसहरुले आफू बेरोजगार भएकोमा आवेदन दिईसकेको भएता पनि सबै दाबी भने स्वीकारीएको छैन ।
राज्यले निर्धारण गरेको मापदण्डहरु पूरा नगरे सम्म भने उनीहरु यो लाभासं पाउनबाट बञ्चित रहनेछन् । यसका धेरै कारणहरु छन् भने केही प्रावधानहरु स्पष्ट पनि छैनन् ।
यदी यस्तो भएर उनीहरुको आवेदनहरु अस्वीकृत भएमा सामान्यतया ५ कारणहरुलाई नजिकबााट नियाल्न प्रयास गरिएको छ । जस अनुसार :
१. तपाईले आधार बर्षमा प्रसस्त पैसा कमाउन सक्नु भएन । अधिकाश राज्यहरुले तपाई उपयुक्त बेरोजगार हो भन्ने कुराको निर्धारण तपाईको आधार बर्षको आमदानीलाई हेरेर गर्नेछन् । यो सामान्यतया भर्खरै पूरा भएका आर्थिक बर्षका ५ त्रैमासिक मध्यका ४ त्रैमासिकलाई आधार मानेर गरिने छ । त्यस कारण यदी तपाईले २०२० मार्चमा आफू बेरोजगार भएको आवेदन दिनु भयो भने यसको अर्थ तपाईको आमदानी २०१८ अक्टोबर देखि २०१९ सेप्टेम्बर सम्मको मानिने छ । तपाईले अप्रील २०२० मा आवेदन दिनु हुन्छ भने यसले २०१९ जनवरीदेखि डिसेम्बर सम्मको आमदानी हेर्दछ । तपाईले तपाईसगँ आधार बर्षको कम्तीमा दुई त्रैमासिक करयोग्य आय भएको देखाउन आवस्यक छ । केही राज्यहरुले वैकल्पिक आधार बर्षलाई पनि बिचार गर्लान, सामान्यतः पछिल्ला चार त्रैमासिकहरु यदी त्यो समयमा उपयुक्त नभएमा तपाईले आर्जन गर्नु पर्ने न्युनतम आयको परिणाम कुल आधार बर्षको अवधिमा राज्य पिच्छे फरक हुन्छ । यसलाई रोजगारीको आकारबाट निर्देशित हुनेछ । जबकि तपाईले आधार बर्षमा आवस्यक आय आर्जन गर्नु भएको रहेनछ भने ।
२. तपाईले पछिल्ला त्रैमासिकहरुमा आवस्यकीय आमदानी गर्नु भएको नभएमा आधार बर्षमा आमदानी देखाउने कागजातको अतिरिक्त केही राज्यहरुले आधार बर्षमा सब भन्दा बढी आमदानी भएको त्रैमासिक माग गर्न सक्छन् । अझै राज्य पिच्छे माग गर्ने कुराहरु र कागजातहरु फरक फरक हुन सक्छन् र तपाईको उच्च आमदानी भएको त्रैमासिकले प्राप्त गर्ने लाभ ९ भत्ता ० निर्धारण गर्न सक्नेछ । आधारभूत कागजातहरु उपलव्ध गराउन नसकेमा तपााईले अरु कुनै प्रकारका सहयोगहरुको खोजी गर्नु पर्नेछ ।
३. तपाईले आवेदनमा केही सुचनाहरु छुटाएमा, तपाईले सबै सूचनाहरु आवेदनमा समावेश गर्न छुटाएमा तपाईको राज्य बेरोजगार कार्यलयले विस्वास गर्छ कि तपाईले आय सम्बन्धि कागजातहरु पुर्याउन सक्नु भएन । यदी तपाईले विगतको १८ महिनामा एक रोजगारदाता ९ उदाहरणको रुपमा ० छुटाउनु भएमा बेरोजगार कार्यलयले तपाईले त्यो आधार समयमा यो पेशाबाट कमाएको आय गणना गर्न सक्दैन । यस कारणले तपाईको आवेदन अस्वीकृत हुन सक्छ । यस मामिलामा , यस अस्वीकृतिमा तपाई विवाद गर्न सक्नु हुन्छ र तपाईले पहिले विर्सनु भएको विवरण उपलव्ध गराउनु हुनेछ । यसले आवेदनको पुनः कार्यन्वयनमा केही समय लाग्न सक्छ । त्यसैले तपाईले पहिल्यै आवेदनहरुलाई नै दोहोर्याएर सम्पूर्ण विवरणहरु समावेश गर्नु उपयुक्त हुनेछ ।
४.तपाईको कम्पनीले तपाईलाई तलवी,विरामी विदा,वा परिवार विदा दिईरहेको छ भने तपाई बेरोजगार भत्ता अयोग्य आवेदक हुनहुनेछ । अथवा यो कोभिड–१९ को महामारीको अवधिमा पनि यस्तो सुविधा पाउदै हुनुहुन्छ भने तपाईले आवेदन दिएमा तपाईको आवेदन अस्वीकृत हुनेछ । जहाँ सम्म यस्ता सुविधाहरु समाप्त भई तपाई काममा फर्कन असक्षम हुनु भएमा तपाई पुनः आवेदक हुनुहुनेछ ।
५. कोभिड–१९ बाहेक अरु कुनै कारण दिन आवेदन दिन पाउनु हुन्न । तपाईले आफ्ना रोजगारी त्याग गरेमा, तपाई सामान्यतया बेरोजगार भत्ताका लागि अयोग्य नै हुनुहुनेछ । संघीय सरकारले कोविड–१९ महामारीलाई रोजगारी त्याग गर्ने कारणलाई अपवादको रुपमा लिए पनि तिनीहरुलाई वित्तीय सुरक्षा र तिनीहरुको स्वास्थ्य कुन छनौट गर्ने भन्नेमा बाध्य पारिने छैन । यदी तपाईले अरु नै कारणले रोजगारी त्याग्नु हुन्छ भने तपाई निश्चिय नै अर्कै रोजगारमुलक आमदानीको लाईनमा हुनुहुनेछ । किनकि तपाई बेरोजगारमा गणना हुनुहुने छैन ।

तपाईको बेरोजगार दाबी अस्वीकृत हुदा कसरी बहस गर्नुहुन्छ ?

तपाईको बेरोजगार दावी अस्वीकृत हुदाँ कसरी विवाद गर्ने भने तपाईले आवेदन दिईसके पछि स्वीकृत वा अस्वीकृत के भयो भनी लिखित सूचना प्राप्त गर्नु पर्दछ । अस्वीकृत भएमा किन अस्वीकृत भयो भन्ने विवरण प्राप्त हुन्छ । यदी कारण ठीक छैन भने तपाईले पुनः पुनरावलोकन गर्न सक्नुहुनेछ । तपाईको अस्वीकृतिको सूचनामा कसरी पुनरावेदन गर्ने भन्ने सुचनाहरु हुनेछन् । सामान्यतः तपाईको पुनरावेदन तपाईलाई मेल गरेर अस्वीकृत सूचना पाएको निश्चितत दिन भित्रमा फायल गर्नुपर्नेछ । पुनरावेदन फाइल गर्न अनलाईन वा लेखेर भर्न सकिन्छ । एक पटक राज्यले तपाईको पुनरावेदन प्राप्त गरीसके पछि तपाईले दोस्रो चरणमा के गर्ने भनी निर्देशन तपाई समक्ष आउनेछ ।

महामारीको अवधिमा अरु वित्तीय सहयोग

यसको लागि तपाई अयोग्य भएमा सरकारी स्टीमुलस चेक ९ कतष्mगगिक अजभअप ० मा समावेश हुन सक्नु हुन्छ । एक जना एकल युवा रोजगार जसले बर्षको ७५ हजार वा सो भन्दा कम आय गर्दछन् । मासिक १२ सय डलर वा वैहाकि दम्पत्ति जसले वैवाहिक दम्पत्ति जसले बार्षिक एक लाख ५० हजार डलर वा सो भन्दा कम आर्जन गर्दछन् मासिक २४ सय डलर दरले प्राप्त गर्दछन् । प्रत्यक बच्चाले ५ सय डलरका दरले पाउने छन् ।
तपाईले यो महामारीको अवधिमा पूर्ण वा आशिंक रोजगारी पनि खोज्न सक्नु हुनेछ । ग्रोसरी स्टोर्स उपयुक्त ठाँउहरु हुन सक्छन् किनकि अरु बेला भन्दा यीनीहरुको माग बढी छ । यस समयमा खाद्यन्न आपुर्ति गर्ने चालक वा सरसफाई सेवा जस्ता कार्य पनि गर्न सक्नु हुनेछ । यदी घर बाहिर जाने हो भने घर भित्र गरिने कामहरु पनि पाउन सक्छौ जस्तै ः गुणस्तरीय सहयोग ।
कोविड–१९ सम्बन्धि बैंक र बित्तीय संस्थाहरुले केही सहयोग गरेका छन् भने तपाईका तपाईका बैकका शाख पत्रहरु ९ क्रेडिट कार्ड० जाँच गर्नुहोस् । यसले तपाईलाई भुक्तानी विलम्व गर्दा पनि सहयोग पुग्नेछ । यसमा विलम्ब दस्तुर लाग्दैन । तर यसले यो संकटपूर्ण घडीमा क्रृण बढे पनि वित्तीय तनाव केही समयका लागि कम हुन्छ ।
तपाईले आफू योग्य छु भन्ने विस्वास लागेमा गरेमा बेरोजगार लाभासंलाई परीक्षण गर्नुनै हुनेछ तर तपाईका दावीहरु अस्वीकृत भए भने यहाँ समावेश गरिएको अरु सल्लाहहरु अनुसार अघि बढ्न सक्नु हुनेछ ।

थापा-एनआरएनए एनसीसी युएसए का सल्लाहकार र प्रवासी नेपाली मन्चको पुर्व अध्यक्ष पनि हुन् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी