देशभर आज कोरोना संक्रमित थपिएन, ५३ हजार बढीको परीक्षण

देशभर आज कोरोना संक्रमित थपिएन, ५३ हजार बढीको परीक्षण

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ । देशभर आज भएका परीक्षणमा कोरोना संक्रमित नयाँ बिरामी फेला परेको छैन । जम्मा आज सम्म ५३ हजार बढीको परीक्षण भएको छ । कोरोना भाइरसको आशंकामा हालसम्म ५३ हजार ५३४ जनाको परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा आरडीटी परीक्षण ४३ हजार ६३ जना र पीसीआर विधिबाट १० हजार ४७१ जनाको कोरोना परीक्षण भएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा १०६ जना रहेको बताए । देवकोटाले काठमाडौं उपत्यकामा ८ जना र उपत्यका बाहिर ९८ जनाको उपचार भइरहेकोे जानकारी दिए ।

त्यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परीक्षणका पीसीआर विधिबाट सुरु गरिएको छ, योसँगै नेपालमा पीसीआर मेसिनबाट १६ स्थानबाट परीक्षण गरिएको उनले जानकारी दिए ।

हालसम्म संक्रमितको संख्या ५२ रहेको छ । जसमा १६ जना निको भएर घर गएका मन्त्रालयले जनाएको छ । अस्पतालमा उपचाररत संक्रमित ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ