बैशाख १५ काठमाण्डौं । शुरुमा अप्रील दोस्रो साता अमेरीकी गुप्तचर अधिकारीहरुको हवाला दिदै सञ्चारमाध्यमहरुले उत्तर कोरीयाका शक्तिशाली राष्ट्रपति किम जोङ उन मुटुको अप्रेसनपछि गंभीर बिरामी परेको र जीवन खतरामा रहेको समाचार प्रकाशित गर्यो । त्यसैलाई आधार बनाएर विश्वभरका सञ्चारमाध्यमहरुले किम जीवन र मृत्युको दोशाधमा रहेको भन्दै उत्तराधीकारीको खोजीको बिषय समेत चर्चामा रह्यो । जतिखेर सम्म उत्तर कोरीयाका सञ्चारमाध्यमबाट कुनै खबर आएको थिएन । र उत्तरकोरीयाले कुनै पनिघोषणा अहिले सम्म गरेको छैन ।
त्यस पछि उनी बिरामी भएको आधिकारीक पुष्टी नहुदै अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको स्वास्थ्य लाभको कामना व्यक्त गरे ।
वास्तवमा उनको अवस्था कस्तो छ ? के उनी गंभीर विरामी छन् ? या उनको उत्तराधिकारी चयन थालिएकै हो ? यसैबारेमा थुप्रै अनुमानित दाबीहरु आईरहेका छन् । संसारका शक्तिशाली देशका गुप्तचर र मिडियाले पत्ता लाउन खोजे पनि उनका बारेमा एउटै र तथ्य कुरा अझै पत्ता लाग्न सकेको छैन ।
यसै बेला दक्षिण कोरीयाले भने ३६ बर्षे किम स्वस्थ्य रहेको र गंभीर विरामी नभएको प्रतिकृया दिएको छ ।
दक्षिण कोरीयाली समाचार संस्था यानहापले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै किम गंभीर विरामी परेर भन्दा पनि कोरोना संक्रमणको त्रासले एकान्तमा बसेको दाबी गरेको छ ।
दक्षिण कोरीयाका राष्ट्रपतिका विदेश नीति सल्लाहका चुगं ईन मुनका अनुसार किम स्वस्थ्य छन् र उनी कुनै एक रिसोर्टमा बसिरहेका छन् । अप्रील १३ बाट वनसन शहरको एक रिसोर्टमा रहेको मुनको दाबी छ ।
साथै आईतबार उत्तर कोरीयाको सरकारी अखबार रोदोगं सिनमुनले राष्ट्रपति किमले समजियोन शहरलाई कायापलट गर्ने गरी काम गरीरहेका मजदुरहरुलाई आभार व्यक्त गरेको खबर प्रकाशित गरेको थियो ।
११ अप्रीलमा कोरीयालाी वर्कस पार्टीको बैठक गरे यता आफ्ना हजुरबुवा किम ईल सुङको जन्मजयन्तीमा सरीक नभए पछि उनको श्वास्थ्यका बारेमा अड्कलबाजी गर्न शुरु गरिएको थियो ।
रक्सी र चुरोट निकै पिउने कारणले उनको कार्डियो भास्कुलर सर्जरी भएको र त्यस पछि उनी गंभीर बिरामी परेको सनसनीपूर्ण खबर प्रकाशन भएको थियो ।
हगंकगंक स्याटेलाईट टिभीका उपनिर्देशक शिनजान झिगजाउले किमको मृत्यु भएको दावी गरेका थिए ।
बेलायतको एक अखबार डेली स्टारले किमको सुरक्षागार्डलाई कोरोना देखिए पछि उनी राजधानी प्योगंयागं छाडेर अन्तै गएर बसेको दावी गरेको छ ।
चीनमा रहने उत्तरकोरीयाका एक जना विज्ञको हवाला दिदै उक्त समाचार लेखिएको थियो । किमको उपचारमा सल्लाह दिन चीनीया डाक्टरहरु समेत गएको बताईन्छ ।
अमेरीकी संचारमाध्यम फक्स न्युजले पनि दक्षिण कोरीयाली सुरक्षा विज्ञहरुलाई उद्धृत गर्दै किम स्वस्थ्य रहेको जनाएको छ । १२ अप्रीलमा उनको मुटुको शल्यक्रिया भएको दक्षिण कोरीयाका मिडियाहरुले समाचार लेखेका थिए ।
संसारका सबै शक्ति लाग्दा पनि उत्तरकोरीयाका राष्ट्रपतिको सही सूचना अहिले सम्म आउन सकेको छैन । बरु उनको उत्तराधिकारी बहीनी हुने भनेर चर्चा चलाईएको छ ।उनकी बहीनी किम यो जोगंलाई नयाँ उत्तराधिकारीको रुपमा व्याख्या गरिएको छ । किम पछि उनी शक्तिशाली रहेको बताईन्छ ।