बैशाख १४ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरस नियन्त्रणको कुनै पनि प्रयास अहिले सम्म सफल हुन नसक्दा यो दिन प्रतिदिन घातक बन्दै गएको छ । औषधी र भ्याक्सिनको परीक्षण भईरहेको भनिए पनि त्यसले परिणाम दिईसेकेको छैन ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख पार भएको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३ हजार नजिक पुगेको छ ।
यस्तै संक्रमण पनि तीव्र मात्रामा फैलिरहेको छ । विश्वमा २४ घण्टामा एक झण्डै एक लाख संक्रमित थपिएर कुल २८ लाख ९० हजार भन्दा बढी भएको छ । निको हुनेको संख्या पनि ८ लाख ३२ हजार भन्दा बढी भएको छ ।
यो समाचार तयार पार्दा सम्म कोरोनाको केन्द्र बनेको अमेरीकामा मात्रै ५२ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३५ हजार नजिक पुगेका छन् ।
ईटालीमा मृत्यु हुनेको संख्या २६ हजार ३ सय ८४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ९५ हजार ३ सय ५१ पुगेको छ ।
स्पेनमा मृतकको संख्या २३ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या २ लाख २४ हजार नजिक भएको छ ।
फ्रान्समा मृत्यु हुनेको संख्या २२ हजार हजार ६ सय ४८ पुगेको छ । त्याहाँ संक्रमितको संख्या बृद्धि कम मात्र हुन थालेको छ । फ्रान्समा करीब एक लाख ६० हजार संक्रमित छन् ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या बढेर २० हजार ३ सय ८१ पुगेको छ । संक्रमित एक लाख ४९ हजार हजार ५ सय ५९ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ५ हजार ८ सय ४६ पुगेको छ भने संक्रमित एक लाख ५६ हजार १ सय २६ भएको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ७३ पुगेको छ भने २ हजार सात सय ६ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ५ हजार ६ सय ५० पुगेको छ भने संक्रमित ८९ हजार ३ सय २८ पुगेको छ ।
बेल्जियममा मृतकको संख्या सात हजार नजिक पुगेको छ भने ४५ हजार ३ सय २५ संक्रमित भएका छन् ।
ब्राजिलमा मृतकको संख्या ४ हजार पार भएकोे छ भने संक्रमित ५८ हजार ६ सय १६ पुगेको छ ।
क्यानडामा मृतकको संख्या २५ सय ४७ पुगेको छ भने संक्रमित ४५हजार ४ सय ५५ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ४ हजार ४ सय २४ पुगेको छ भने संक्रमित ३७ हजार ३ सय ८४ पुगेको छ ।
रुसमा संक्रमितको संख्या ७४ हजार ५ सय ८८ पुगेको भने ६ सय ८१ जनाको मृत्यु भएको छ ।
साउदी अरबमा संक्रमितको संख्या १६ हजार २ सय ९९ पुगेको छ भने १ सय ३६ जनाको मृत्यु भएको छ ।
ईजरायलमा १५ हजार २ सय ९८ संक्रमित पुगेका छन् भने एक सय ९९ जनाको मृत्यु भएको छ ।
जापानमा १२ हजार ८ सय २९ संक्रमित छन् भने ३ सय ४५ जनाको मृत्यु भएको छ ।
कतारमा ९ हजार ३ सय ५८ संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ ।
मलेशियामा ५ हजार ७ सय ४२ जना संक्रमित भएका छन् भने ९८ जनाको मृत्यु भएको छ ।
सयुक्त अरब ईमिरेट्स युएईमा ९ हजार ८ सय १३ संक्रमित छन् भने ७१ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा मृतकको संख्या ८ सय ८० पुगेको छ भने संक्रमित २३ हजार ३ सय ९२ जना छन् ।
अष्ट्रेलियामा संक्रमित १५ हजार बढी भएका छन् भने ५ सय ३६ जनाको मृत्यु भएको छ ।
यसै गरी छिमेकी भारतमा कोरोनाले संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । भारतमा २६ हजार २ सय ८३ जना संक्रमित पुगेको छ भने ८ सय २५ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर १२ हजार ६ सय ४४ पुगेको छ भने मृतकको संख्या २ सय ६८ पुगेको छ ।