नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग अनिश्चित रुपमा स्थगित

नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग अनिश्चित रुपमा स्थगित

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्द गरिएको छ । अनिश्चित रुपमा स्थगित यस सिजनको लिग रद्द गरिएको जनाईएको छ।

लिग रद्द भएपछि उपाधि विजेता टिमको घोषणा हुने छैन । यस्तै, यस सिजन कुनैपनि टिम रेलिगेशनमा जाने छैनन् ।

कोरोनाका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता गर्न रोक लगाएको छ ।

डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले चालू सिजन फुटबल खेल्न असम्भव भएकाले सो निर्णय गर्नुपरेको जनाएको छ ।

लिग तालिकामा अजाक्स शीर्ष स्थानमा थियो । समान अंक भएपनि गोल अन्तरका आधारमा अल्कमार दोस्रो स्थानमा रहेको थियो ।

प्रतियोगितामा ९ चरणका खेल हुन बाँकी थियो । लिग रद्ध भएपनि अजाक्स र अल्कमार दुवै टिम च्याम्पियन्स लिगको छनोट चरणमा जानेछन् ।

शीर्ष डिभिजनको लिग बढुवा र घटुवा दुवै नहुने भएपछि दोस्रो डिभिजनको लिग लिडर कम्बुरलाई ठुलो घाटा लाग्ने भएको छ ।

उसले प्लेअफ टिमसंग ११ अंकको अग्रता लिएको थियो । सन् १९५६ यता डच लिग च्याम्पियन टिमको टुङ्गो नलगाएर रद्द भएको यो पहिलो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ