अहिले बिश्व कोरोनाको युद्धमा होमिएको छ। युद्धको एउटा पक्ष सारा विश्व एकातिर रहेको छ भने अर्को पक्ष कोराना भाईरस जुन अद्रिश्य छ र जिब हो वा निर्जिब हो अहिले सम्म बैज्ञानीकले छुट्याउन सकेका छनैन त्यो अर्को पक्षमा उभिएको छ। सारा बिश्व आफ्ना सबै आर्थिक तथा राजनितिक गतीबिधीहरु छोडेर युद्ध मैदानमा होईन घर भित्रै बसेर यो युद्ध जितीन्छ भन्दै आफ्ना नागरिकलाई सचेत गरिरहेका जन चेतना फैलाई रहेका छन र जनतालाई घर भित्रै राहत दिने घोषणा पनि गरिरहेका छन। कस्तो बिडम्बना यो युद्धमा संसारकै सक्तीसाली राष्ट्र अमेरीका र युपोपियन देशहरु सबै भन्दा बढी प्रभाबित भएका छन भने कम सक्तीसाली अफ्रिकन, दक्षिण अमेरीकन र ओसियाना देशहरु निकै कम प्रभाबित रहेका छन्।
बिश्वकै अर्थतन्त्र धरापमा पर्ने संकेतहरु देखिरहेका छन। करिब ५ महिना अगाडी चाईनाबाट सुरुभएको कोरोनाको महा सग्राममा आजको दिन सम्म आईपुग्दा बिश्वमा २८ लाख भन्दा बढि संक्रमित भै सकेका छन भने करिब १ लाख ९५ हज़ार भन्दा सबै के मृत्यु भासकेको छ भने सबै भन्दा बढि संक्रमित हुने देशहरुमा क्रमश: अमेरीका, स्पेन, ईटाली, फ्रन्स, जर्मनी, बेलायत, टर्की, ईरान, चाईना र रसिया रहेका छन भने चाईना आफुले कोरोना युद्धमा जीत हासिल गरेर आफ्नो अर्थतन्त्र सुधार गर्दै अगाडी बढीरहेको छ।
अमेरिकी हाउस अफ जुडियियरि को अध्यक्ष Jerrold Nadler का अनुसार “ यसले अमेरीकि बेरोजगारीलाई खासै असर गर्दैन मात्र आफ्नो पारिवारिक मिलनलाई रोक लगाएको छ” त्यस्तै ईमिग्रेसन तथा सिटिजनसिप चियरवमेन Zeo Lofgren Lofgten ,D-Calif काअनुसार “यो आदेश अमेरिकामा कम आप्रबासी भित्याउने राष्ट्रपतीका सल्लाहकारहरुको आप्रबासी बिरोधी एजेन्डा मात्र हो”
यस महा संग्राममा बिश्वका बिभिन्न क्षेत्रलाई छुट्यायर बिश्वकै कुल संक्रमित तथा मृत्यु संख्यालाई प्रतिसतको आधारमा हेर्ने हो भने यस्तो देख्न सकिन्छ – १) युरोप- जम्मा संक्रमित १२ लाख २४ हजार बिश्वकै संक्रमित संख्याको ४३.६६ % जम्मा मृत्यु १ लाख १७ हजार ९.५७ % र बिश्वकै कुल मृत्युको ५९.९२% रहेको छ। २) उत्तर अमेरिका – जम्मा संक्रमित ९ लाख ७७ हजार बिश्वकै संक्रमित संख्याको ३४.८५% जम्मा मृत्यु ५५ हजार ५.६५% र बिश्वकै कुल मृत्युको २८.१९% रहेको छ। ३) एसिया जम्मा संक्रमित ४ लाख ४७ हजार बिश्वकै संक्रमित संख्याको १५.९४% जम्मा मृत्यु १७ हजार ३.७१% र बिश्वकै कुल मृत्युको ८.४७% रहेको छ। ४) दक्षिण अमेरिका – जम्मा संक्रमित १ लाख १८ हजार बिश्वकै संक्रमित संख्याको ४.२०% जम्मा मृत्यु ५ हजार ४.४७ र बिश्वकै कुल मृत्युको २.६९% रहेको छ। ५) अफ्रिका – जम्मा संक्रमित २९ हजार बिश्वकै संक्रमित संख्याको १.०५% जम्मा मृत्यु १३२६ जना ४.५०% र बिश्वकै कुल मृत्युको ०.६८% रहेको छ। ६) ओसियाना( अस्ट्रेलिया, न्यूजिल्यान्ड आदि) – जम्मा संक्रमित ८३३२ जना बिश्वकै संक्रमित संख्याको ०.३०% जम्मा मृत्यु ९६ जना १.६७% र बिश्वकै कुल मृत्युको ०.०५% रहेको छ।
यसरी तथ्यहरु हेर्दा बिश्वमै सबै भन्दा बढि प्रभाबित तथा मृत्यु हुनेमा युरोप नै अगाडी देखिएको छ भने रिकभर हुने क्षेत्रमा पनि युरोप नै अघाडी छ जहाँ करिब ४ लाख रिकभर भैसकेका छन । तेस्तै दोश्रो रिकभर हुने क्षेत्र एशिया रहेको छ जहाँ २ लाख भन्दा बढि रिकभर भै सकेका छन । जसमा चिन नै नियन्त्रण गर्ने प्रमुक देश रहेको छ तेसै गरि अस्ट्रेलिया, न्यूजिल्यान्ड जस्ता राष्ट्रहरु कम प्रभाबित राष्ट्रको रुपमा रहेका छन।
अब आफु रहेको देश अमेरीकाको कुरा गरौ जहा आजको दिन समम् ९ लाख भन्दा बढि संक्रमित भै ५१ हजारको भन्दा बढिको मृत्यु भैसकेको छ भने करिब ९० हजार रिकभर भै करिब ७ लाख ६९ हजार अझै कोरोना युद्धमा अमेरीका बाट अग्र पंतिमा रहेर लडि रहेका छन। अमेरिकामा सबै भन्दा प्रभाबित म आफु बसेकै न्यूयोर्क राज्य रहेको छ । जहाँ मात्रै २ लाख ७६ हजार संक्रमित भएका छन जुन अमेरीका भरिका संक्रमित संख्याको ३० % भन्दा बढि हो भने यस राज्यमा २१ हजार भन्दा बढिको मृत्यु भैसकेको छ जुन देशको कुल मृत्युको ४०% भन्दा बढि हो । अमेरिकामा कोरोनाको प्रभाब देखिएको साडे २ महिना भन्दा बढि भैसकेको छ भने यो अझै लम्बिदै जादा देशको अर्थतन्त्रमै गंभिर असर पर्न सक्ने संभाबना यहँका राजनैतिक आर्थिक बिश्लेषकहरुले बताईरहेका छन। सरकारले नियन्त्रणका प्रयास गरि रहेकोछ र केहि नियन्त्रण हुदै गइरहेकाे यस साता देखिएका तत्थ्यांकहरुले संकेत गरि रहेका छन। कोरोना युद्धमा खटिरह्रेका एक स्वास्थकर्मीका अनुसार अबको दुई सातामा यसको धेरै नियन्त्रण हुनेछ र यसले सकारात्मक आशा जगाऊनेछ तर सामाजीक दुरी कायम गर्ने कार्य भने जारी राख्नु पर्नेछ।
नेपालीहरुमा यस आदेशको प्रभाब विषेश गरि डिभी लट्रिबाट आप्रबासी रुपमा अमेरिका आउने लाई बढि पर्नेछ भने र आप्रबासी कामदारको रुपमा आउनेलाई पनि प्रभाबमा पर्नेछ त्यसै गरि आप्रवासी परिवारको रुपमा जो भिषा ग्रिनकार्डको प्रक्रियामा छन उनिहरु समेत यो आदेशबाट प्रभावित हुनेछन।
सरकारले यसको प्रभाब पर्न नदिन व्यापार व्यबसाय तथा नागरिकहरुलाई बिभिन्न् राहतका प्याकेजहरु ल्याएको र कोरोनाको कारण काम गर्न नसकेकाहरुको लागी समेत बिषेश बेरोजगार भत्ताको समेत व्यबस्था गरेको छ। एक तत्थ्यांक अनुसार अहिले सम्म् २२ मिलिंयन भन्दा बढि अमेरिकन बेरोजगार भासकेका छन । देसमा बेरोजगारी बढदै जादा अर्थतन्त्रलाई नकारात्मक असर त पर्छ नै तर यसबाट राष्ट्रीय राजनितीमा समेत नकारात्मक प्रभाब पर्ने देखिन्छ। यसै सन्दर्भमा आप्रबासी प्रती सदा नाकारात्मक धारणा राख्दै आएका बर्तमान राष्ट्रपती डोनाल्ड ट्म्पले यस अघी देखि नै आप्रबासी भिषालाई कडाई गर्दै आई रहेका थिए तर अहिले हिजो अप्रिल २३ तारिक राती ११.५९ बजे देखि लागु हुने गरि आप्रबासी भिषालाई ६० दिनको लागी रोक लगाउने एंउटा कार्यकारी आदेश जारी गरेका छन । जसअनुसार आप्रबासी भिषा बाट अमेरिका आउने कामदारहरु, डिभी, लट्रि बिजेता र आप्रबासिहरुका बुवा आमा दाजु भाई जस्ता परिवारहरु प्रभाबित हुनेछन। कोरोनाको आक्रान्त खेपेर बसेका अमेरिकनहरु नै कोरोना पछिको श्रम बजारमा पहिलाे प्राथमिकता पाउनु पर्छ भन्ने मान्यता राखेर आफुले यो आदेस जारी गरेको राष्ट्रपती ट्रमको भनाई रहेको छ। यसबारे यहाँको बिपक्षी पार्टी डेमोक्रेटिकहरु भने सहमत छैनन यस बारे अदालतमा मुद्दा नपर्ला भन्न पनि सकिदैन। हिजो जारी भएको कार्यकारी आदेशले अमेरिका बाहिर रहेकालाई मात्र लागु हुनेछ। यो आदेस पुर्ब आप्रबासी भिषा जारी भैसेकेका, आदेस पुर्ब ग्रिनकार्ड लिई सकेकालाई लागु हुने छैन भने अमेरीकी नागरिक तथा अमेरिकी सेनाका दम्पत्तीहरु र तिनका २१ बर्ष मुनीका छोरा छोरीको लागी लागु हुने छैन । तेसै गरि डाक्टर, नर्स, स्वास्थकर्मी तथा मेडिकल रिसर्चसम्बन्धी आउने व्यक्तीहरुलाई लागुहुने छैन भनिएको छ। यस्तै लगानीमा आधारित आप्रबासी तथा अमेरिकाको चाहनामा आउने व्यक्तीहरुलाई आप्रबासी भिषामा रोक लगाईएको छैन भने अमेरिकामा एसआईलम खोज्न पनि रोक लगाईएको छैन। सिएनएनका अनुसार राष्ट्रपितकाे यस घोषणाले अमेरिकामा मासिक औसत २६ हजार कामदार भित्रिदा ६० दिनको ५२ हजार आप्रबासी भिषा लिएर आउने प्रभाबित हुनेछन । तर यस अघि भएका एक दर्जन भन्दा बढी सुनुवाई तथा रिफ्युजीलाई अस्विकार गर्ने जस्ता आप्रबासी कानुन परिबर्तनले गर्दा धेरै संख्यामा रोक लगाई सकिएको छ। अमेरिकी हाउस अफ जुडियियरि को अध्यक्ष Jerrold Nadler का अनुसार “ यसले अमेरीकि बेरोजगारीलाई खासै असर गर्दैन मात्र आफ्नो पारिवारिक मिलनलाई रोक लगाएको छ” त्यस्तै ईमिग्रेसन तथा सिटिजनसिप चियरवमेन Zeo Lofgren Lofgten ,D-Calif काअनुसार “यो आदेश अमेरिकामा कम आप्रबासी भित्याउने राष्ट्रपतीका सल्लाहकारहरुको आप्रबासी बिरोधी एजेन्डा मात्र हो” यक अधयनका अनुसार यस आदेशले बार्षिकरुपमा आप्रबासी प्रबेसको ५ प्रतिसत मात्र असर पर्छ भनेको छ। नेपालीहरुमा यस आदेशको प्रभाब बिशेश गरि डिभी लट्रिबाट आप्रबासी रुपमा अमेरिका आउने लाई बढि पर्नेछ भने र आप्रबासी कामदारको रुपमा आउनेलाई पनि प्रभाबमा पर्नेछ तेसै गरि आप्रबासीका परिवारको रुपमा जो भिषा ग्रिनकार्डको प्रक्रियामा छन उनिहरु समेत यस आदेस बाट प्रभाबित हुनेछन।अमेरिका बाट प्रकासित एक पत्रिका खसोखासका अनुसार चालु आर्थिक बर्षका लागी ३६ सय ९६ जना नेपालीलाई डिभी लट्रि परेको थियो । त्यस मध्ये १०६९ ले भिषा प्राप्त गरिसकेका छन बाकी करिब २६०० भन्दा बढी नेपाली डिभी बिजेता अमेरिका आउन पाउने नपाउने अनिंश्चयमा रहेकाछन भन्ने उल्लेख गरेकोछ। अमेरिकी सरकारले कोरोना संक्रमण सुरु भए देखि नै आप्रबासीहरुमा नियन्त्रण गरिरहेकोले राष्ट्रपतीको यो आदेशमा डेमोक्याट्सहरुले कुनै अबरोध नल्याए यो आदेसको अबधी थप गर्न सक्ने सम्ंभाबना पनि त्यति नै धेरै ना रहेको छ यसबाट के कति मेरीका आउने आप्रबासीहरु प्रभाबित हुनेछन भन्ने अहिले एकिन साथ भन्न् सकिने अबस्था छैन।
तथ्याकं स्रोतः WorldoMeter.info को अप्रिल २४ दिउसो ३.००को रेकर्डमा आधारित छ, अंकहरु कतिपय हजार र लाखमा राखिएको भएता पनि प्रतिशत बास्तबिक अंकको आधारमा निकालिएको छ)
लेखक- हाल न्यूयोर्कमा रहदै आएका छन् ।