लकडाउनमा पनि विराटनगरबाट खाद्यन्न,फलफुल तरकारी ईन्धन आयात निरन्तर

लकडाउनमा पनि विराटनगरबाट खाद्यन्न,फलफुल तरकारी ईन्धन आयात निरन्तर

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

विराटनगर, बैशाख १२ । लकडाउन र नाका बन्द भएका बेला पनि विराटनगर भन्सारबाट खाद्यन्न, तरकारी र फलफुल तथा ईन्धनको आयात जारी छ । खाद्यान्न र खाद्यवस्तुपछि पेट्रोल, डिजल र एलपी ग्यासको पैठारी गरिएको छ । यस नाकाबाट यसअघि एसआर सिट, बिलेट, एमएस वायर, क्रुड पामोलिन, क्रुड सोयाबिन तेलजस्ता विशेष रूपमा पैठारी गरिने औद्योगिक कच्चा पदार्थ लकडाउनका अवधिमा पैठारी भएका छैनन् ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा खाद्यान्न र खाद्यवस्तु तथा तिनका प्याकेजिङका उद्योगबाहेक यति बेला अन्य ९९ प्रतिशत उद्योग बन्द छन् । खुलेका उद्योग पनि क्षमताको २५ देखि ३० प्रतिशतमा चलिरहेको व्यवसायीले बताएका छन् ।
नेपालाका राष्ट्रव्यापी लकडाउन चैत ११ मा सुरु भएको थियो । चैत ११ देखि वैशाख ११ सम्मको ३१ दिनमा विराटनगर भन्सारबाट ३ करोड २५ लाख मूल्यको आलु १ हजार २ सय १४ टन पैठारी भएको छ । त्यस्तै ४ करोड ६७ लाख मूल्यको १ हजार १ सय ६० टन प्याज र ३९ लाख मूल्यको १ सय ८६ टन तरकारी आयात गरिएको छ ।


त्यस्तै बितेका १ महिना १ दिनमा यस नाकाबाट ११ करोड ४८ लाख मूल्यको १ हजार ५ सय ११ टन फलफूलको पैठारी गरिएको तथ्याङ्क विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको छ ।
खाद्यान्नतर्फ २५ करोड १५ लाख मूल्यको ७ हजार ५ सय ५२ टन मकै, ३ करोड ४१ लाख मूल्यको ६ सय ५३ मेट्रिक टन चामल र ६ करोड ५७ लाख मूल्यको १ हजार ५ सय ९७ मेट्रिक टन धानको पैठारी भएको छ ।
त्यस्तै अर्को मुख्य खाद्यान्न गहुँ ३ करोड ५८ लाख मूल्यको १ हजार ८४ टनको परिमाणमा आयात गरिएको छ ।
लकडाउनको १ महिनामा खाद्यान्न र खाद्यवस्तुसँगै पेट्रोल, डिजल र एलपी ग्यासको पनि उल्लेखनीय पैठारी भएको छ । जसअनुसार ३ करोड ९७ लाख मूल्यको ८ सय ४० केएल पेट्रोल र १ करोड ९३ लाख मूल्यको ३ सय ७२ केएल डिजलको पैठारी भएको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै ३४ करोड ९५ लाख मूल्यको ४ हजार ४ सय ६१ टन एलपी ग्यासको पनि आयात गरिएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ