एकीकरण भएको जनता समाजवादी वा टुक्रेको दल कुन पहिले पुग्ला निर्वाचन आयोगमा ?

एकीकरण भएको जनता समाजवादी वा टुक्रेको दल कुन पहिले पुग्ला निर्वाचन आयोगमा ?

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, बैशाख ११ । बुधवार मध्यराति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरणको घोषणा भयो ।तर सोहि समय समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णय पनि भयो ।

एकीकरण पछि बनेको जनता समाजवादी पार्टी आजै निर्वाचन आयोगमा पुगि दल दर्ता गराउने तयारी छ भने टुक्रेर गएको समूहले पनि आजै आयोग गएर नयाँ दर्ता गराउदै छ । अब यसमध्ये कुन पार्टी पहिला आयोग पुग्छ र आयोगले कुनलाई पहिले दर्ता गर्दै मान्यता दिन्छ भन्नमा निर्णय हुने भएको छ ।

यद्यपि, पार्टी फुटाउनकै लागि रातारात अध्यादेशसम्म ल्याउन प्रधानमन्त्री केपी ओली आफै लागेकाले आयोगमा प्रभाव पारेर जुटेकोभन्दा फुटेकोलाई पहिले मान्यता दिलाउने षडयन्त्र हुनसक्ने आशंका एकीकृत पार्टीमा देखिएको छ ।

आयोगमा एकीकृत पार्टी पहिला दर्ता भएमा समाजवादी पार्टीको ४० प्रतिशत सांसद पुर्याएर पार्टी फोड्ने षडयन्त्र पूरा हुने छैन । एकीकृत पार्टीमा ३४ सांसद रहेकाले त्यसको ४० प्रतिशत फुटाउने पक्षले पुर्याउन सक्ने अवस्था छैन ।

यसअघि बुधबार राति नै सांसदसमेत रहेकी यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाएर नयाँ पार्टी बनाउन अरु सात सांसद जुटेका थिए ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ पार्टी फुटाउने पक्षमा उभिएका हन् । समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन् ।

पार्टी फुटाउने पक्षकाले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसक्ने भएपछि सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४०र४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ