महेन्द्रनगर , बैशाख , ७ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस९कोभिड १९०रोकथाम तथा नियन्त्रण गर्नका नेपाल सरकारद्धारा लागु गरिएको लकडाउनका कारणले बिपदमा परेकाहरूको सहयोगार्थ भिमदत्त नगर पालिकाको बिपद व्यवस्थापन कोषमा
कञ्चनपुर उद्योग वाणिज्य संघले रू ५१००० त्यसै गरी होटेल ओपेरा प्रा.लि. गणेश दत्त चटौतले रु.५०,०००, चेतराज जोशी सदस्य कन्चनपुर उद्योग वाणिज्य संघ रु ११ हजार र कृष्णदत्त भट्ट सदस्य कन्चनपुर उद्योग वाणिज्य संघ रु११ हजार भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टलाई उत्त रकम हस्तान्तण गर्नु भएको छ ।
भिमदत्त नगरपालिका क्षेत्र भित्र रहेका ज्यालामजदुरी,गरीब दुखी,असाहयहलरूलाई केही सहयोग पुगोस भनेर भिमदत्त नगरपालिकालाई आफुहरूले सहयोग गरेको कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङग बहादुर मल्ल बताए । उत्त रकम बुझ्दै नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले उहाँहरूलाई धन्यवाद समेत दिनु भएको छ ।
नगरपालिका प्रमुख बिष्टले यो रकमलाई वास्तविक ज्यालाबज्दुरी,गरीब दुखी,असाहयहरूलाई राहतमा खर्च गर्ने बताउनु भयाे । त्यसै गरी कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङग बहादुर मल्लले आमाको नामबाट स्थापना गरिएको राजुदेबी मल्ल मेमोरियल ट्र्स्टबाट भिमदत्त नगरपालीकाको बिपद कोषलाई १ लाख १० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको छ ।
अध्यक्ष मल्ले आफुले यो रकमलाई भोकभोकै बसीरहेका गरीब असाहय,असक्त,दुखीहरूलाई सहयोग पुगोस् भनी आफुले उत्त रकम भिमदत्त नगरपालिका लाई सहयोग गरेको बताए । नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले अध्यक्ष मल्ल तथा मल्ल मेमोरियल ट्र्स्ट परिवारलाई धन्यवाद समेत दिनुभएको छ ।