प्रशिद्धि कोरोना संक्रमणबाट निको भए पछि प्रधानमन्त्री ओलीद्धारा चिकित्सकहरुलाई बधाई

प्रशिद्धि कोरोना संक्रमणबाट निको भए पछि प्रधानमन्त्री ओलीद्धारा चिकित्सकहरुलाई बधाई

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौं बैशाख ६ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्।

ओलीले ट्वीटरमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्। ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद।’

दोस्रो कोरोना बिरामी युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर शनिबार घर फर्किएकी हुन्। डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ।

शनिबार डिस्चार्ज भएकी युवती स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ