काठमाडौँ बैशाख ५ । लकडाउनका कारण अलपत्र परेर खान बस्नै समस्या भए पछि हिड्दै गाँउ गाँउ फर्किरहेका हजारौ मजदुरहरुको समस्या व्यापक मात्रामा सार्वजनिक भए पछि घर सम्म पुर्याउने या खाने बस्ने व्यवस्था गर्ने भन्ने बारे सरकारले आज निर्णय गर्ने भएको छ ।
यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ। समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्याइदिनेमध्ये एक निर्णय हुने स्रोतले जनाएको छ ।
अहिले यस बिषयमा निर्णय गर्न उच्च स्तरीय समितिका सदस्य र मन्त्रीहरु प्रधानमन्त्री निवास वालुवाटार गएका छन् । प्रधानमन्त्री ओलीसगँको छलफल पछि निर्णय सार्वजनिक हुने जनाईएको छ ।
समितिमा छलफल भएपछि समितिका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार जाँदैछन्। प्रधानमन्त्रीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने बताइएको छ।