अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

  • सोमवार, बैशाख १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

निजी क्षेत्रको सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख सहयोग गरेको छ । कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई रु ५१ लाखको चेक हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा सङ्क्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गरेको छ ।

सरकारद्वारा नागरिकको जीवन रक्षाका लागि थालिएको अभियानमा उद्योगले दायित्वबोध गरी सहयोग प्रदान गरेको हो कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले राससलाई जानकारी दिनुभयो । सिमेन्ट कारखाना रहेको रुपन्देहीको सियारी गाउँपालिकालाई पनि उद्योगले रु दुई लाख सहयोग गरेको छ । यस्तै चुनढुङ्गा खानी रहेको पाल्पाको तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिका लागि पनि रु २० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ