चैत्र ३० रौतहट । रौतहटको सहित देश सिङ्गो देश नै लकडाउनबाट प्रभावित बनेको छ। गरिब ,ज्यालादारीमा आश्रतिका घरपरिवार को दैनिकी कष्टकर बनेको छ।यसै बिच गौर नगरपालिकाका वडा न ६ का वडा अध्यक्ष शेख जमसेदले वडाको जनताको पिर मर्कालाइ बुझ्दै राहत र सहयोगमा लागी परेका छन् ।
अध्यक्ष जमसेदले आज आइतबार आफ्नै निवासमा बोलाइ सामाजिक दुरी सहित राहत र सहयोग दिएका छन् । गौर नपाको नगर प्रवक्ता समेत रहेका शेख जमसैदले ६ सय अति बिपन्नहरुलाई राहत चामल १० किलो, आलु ३ किलो, खानेतेल एक लिटर , दाल ढेढ किलो, नुन एक पोका, साबुन एक वटा राहत उपलब्ध गराएका छन् ।

उनले छुटेकाहरुलाई लकडाउन थपिए पछि पुन राहत वितरण गर्ने अध्यक्ष शेखले बताए ।
कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपन्न परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगर क्षेत्र र वडाहरुमा खाद्यान्न सामग्री वितरण गरि रहेको अध्यक्ष जमसेदको भनाई रहेको छ । लकडाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौ धौ परिरहेको बेला वडा अध्यक्ष शेख जमसेदले घर घरमा पुगेर राहत वितरण गरे पछि गाँउलेहरु खुसी भएका छन् ।
