चैत्र २९, काठमाडाैं । मेघ गर्जिरहेको थियो । पानी पर्न सक्ने छाँट देखिन्थ्यो राजधानीमा । घाम लागेको थिएन । यस्तो मौसममा सुनसान सडकमा मुखमा सामान्य मास्क लगाएका सात जना मानिसहरु लस्करै लाईन लागेर हिडिरहेको पक्तिकारले रिपोर्टीगंका क्रममा पुतली सडकमा भेट्यो । त्यस पछि उनीहरुलाई पछ्याउदै रत्नपार्क सम्म गएर कुराकानी गर्दा उनीहरु बिहानैबाट सामान्य चाउ चाउ खाएर राजधानीको जर्सिगंपौवाबाट हिडेर आएका रहेछन् ।
बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ वालाबजार घर बताउने सात जना थारु समुदायका नागरिकहरु कतिको त खुट्टामा जुत्ता समेत थिएन भने धेरै जसोले जेब्रा झोला भिरेका थिए ।

निर्माण मजदुरको रुपमा काम गरीरहेका उनीहरु कोरोनाको सन्त्रासका कारण लकडाउन भए पछि घरबेटीले समेत बस्न दिन आनाकानी गरे पछि र ठेकेदारले पनि पैसा नदिए पछि खाने बस्ने नै समस्या भएर हिडेरैँ गाँउ जान यसरी लाम लागेका थिए ।

त्यसो त यो घटना नौलो भने हैन लकडाउन पछि धेरै मजदुरहरु १५ दिन सम्म लगाएर हिँडेर गाँउ गाँउ पुगेका छन् । राजधानीबाट करीब १२ लाख बढी मानिस लकडाउन अघि नै गाँउ फर्किएका थिए ।
लकडाउन खुल्ने छाँट देखिएन , अरु साथीहरु अस्ती नै गए , शहरमा काम पनि छैन त्यही भएर हिडेरै भए पनि पुग्ने भनेर हिडेका हाँै , विष्णु थारुले भने ।

त्यसै गरी मंग्ता थारु भन्छन् , शहरमा बसेर भोकै मर्नु भन्दा गाँउमै गएर घरैमा बस्दा राम्रो हुने लागेर हिडेको बताउछन् । उनीहरुसगँ पैसा छैन, ठेकेदारले कलंकीमा भेटेर दिउला भनेको बताउछन् । १५ दिन जतिमा पुगिन्छ होला, साथीहरु हिडेर कोही नारायणघाट, कोही बुटवल र कोही दागं पुगिसकेका छन् , विष्णुले भने ।

उनीहरुले राहत बाँड्दै छ भन्ने हल्ला आए पनि आफूहरले नपाएको बताए । यसरी घरहिड्नेहरुमा विष्णु र मंग्ता बाहेक तेजु थारु,सेतु थारु,अनिल थारु,ऐन राम थारु रहेका छन् ।
खै कसले देख्ने मजदुरको यो व्यथा ? कसले सुन्ने उनीहरुको कथा ?
भिडियो यहाँ हेर्नुस्ः
https://www.facebook.com/sirjanatimsina/videos/2683665898427231/?t=8