चैत्र २८ नवलपरासी । राहत भनेर चारै तिर वितरण र सहयोग दिईएको समाचार आउदाँ सकारात्मक जस्तो देखिए पछि पछिल्लो समय राहतका नाममा स्थानीय सरकारले नै वितरण गरेको चामल किरा परेको , कुहिएको पाउन थाले पछि जनता असन्तुष्ट बनेका छन् । त्यस पछि भने धमाधम आफैले वितरण गरेको चामल वितरण गर्दै अर्को चामल दिन स्थानीय तह बाध्य भएको छ ।
यति सम्म कि सरकारले दिएको चामल तीन पटक धुदाँ समेत भात खान नमिल्ने गरी गन्हाए पछि तनहुँमा जनताले सुगुर र कुखुरालाई दिएका छन् । आफूले वितरण गर्ने चामलको गुणस्तर नै नहेरि किन वितरण गरेको जनताले गुनासो गर्दै भनेका छन् ।
बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । यस्तो चामल बितरण भए पछि राहत लिएका जनताहरु रुष्ट बनेर गुनासो गर्न थालेका छन् ।
चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने चेतावनी दिनुभयो ।
वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो प¥यो भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारवाही गरिने दृढता व्यक्त गर्नुभयो । उहाँका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को वितरण गर्न लागिएको छ ।

यता नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहीन भएको स्थानीयले बताएका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्न लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई वडा मार्फत बितरण गरेको खाद्यान्न सामाग्राी गुणस्तरहीन भएको पाईएको छ ।
रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई बितरण गरेको खाद्यान्न समाग्रीमा चामल कुहिएको सोयबिनमा किरा भेटिएको स्थानीय बताए । नगरपालिकाले पहिलो चरणमा १ देखी १३ वडामा वडामार्फत राहत सामाग्रीमा बितरण गरेको चामलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिकाको वडानं ६ का स्थानियबासी सोहन केवाटले बताए । उनले भने-नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुलाई १० किलो चामल दिने भने पनि तौल गर्दा नौ किलो मात्र भएको बताए । यसरी दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुको रामग्राम नगरपालिकाले खिल्ली उठाएको केवाटले बताए ।

चामलमा तीन प्रकारको चामल मिसावट गरिएको भेटिएको छ । जस्मा मोटा मिसिनो खुदी चामलमा मिसावट गरिएको र कुहिएको सोयबिनमा किरा भेटिएको स्थानियबासी सुरेन्द्र कोहारले बताए । रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्रीमा चामलमा कुहिएको सोयबिन किरा भेटिएपछि वडानं ६ का स्थानियबासीहरु राहत सामाग्री वडानं ६ का वडाअध्यक्ष जितेन्द्र आग्रहरीको घरमा पाएका राहत समाग्री ल्याएर फालेर गएका छन ।
रामग्राम नगरपालिकाको नगरकार्यपालिकाले रामग्राम वडानं ६ स्थित रहेको राजेश राईस मिलबाट चमल र सोयाबिन स्थानिय एक पसलबाट खरिद गरि राहत बितरण गरेको थियो । उक्त राईस मिलबाट किलो ४० रुपैयाँको दरले नगरपालिकाले खरिद गरेको चमालमा अहिले बजारमा ३० र २५ रुपैयाँ पर्ने चामल एक व्यापारीले बताए । यस्तै वडानं १ देखी १३ का स्थानियबासीहरुले चामलमा कुहिएको सोयबिन किरा भेटिएको बताएका छन । उनीहरुपनि सम्बन्धित वडाअध्यक्षमार्फत राहत सामाग्राी फिर्ता गरेका छन ।
यता सबै वडाहरुबाट बिरोध आएपछि राहत समाग्री बितरणमा रोक लागएको छ । रामग्रान नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाको वडा नं ६ स्थित रहेको राईस मिलका प्रोपाईटर पटवारी बनियाले चामलमा मिसवाट गरेको पाईएको बताए । उनले भने(उक्त राईस मिलबाट खरिद गरेको चामल सबै फिर्ता गरेर अर्को राम्रो फ्रेस चामल ल्याएर राहत बितरण कार्य अगाडि बढाईने बताए ।

फिर्ता भएको खाद्यान्न समाग्रीको गुणस्तर नापजाच गरी मात्र नगरपालिकाले राहत सामाग्री बितरण गर्ने बताए । जिल्ला समन्वय समिति संयोजक शिवशंकर रायले जनताको गुनासो पछि रामग्राम कार्यालय गएको र त्यहा स्टल गरिएको राहत समाग्रीमा कुनै किसिमको मिसावट नदेखिएको बताए ।