नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का जापानमा पुरस्कृत

  • शुक्रबार, चैत्र २८, २०७६
  • फुर्वा शेर्पा , टोकियो

  • 15K
    SHARES

नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन्।

डा.खड्कालाई जापानको चुकुबा स्थित एक प्रतिष्ठित अनुसन्धान सस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट प्रदान गरेको हो।

एक नविनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरि सौर्य उर्जाबाट विधुत उर्जा निकाल्दा आउने चुनौतिको बारेमा गरेको गहन अनुसन्धानलाई उत्कृष्ट ठहर गरिएको हो। जापानको शिक्षा, सस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान सस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई प्रेसिडेन्टस अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट प्रदान गर्दछ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर उनी इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६मा विद्यावारिधी पुरा गरी हाल जापानको सायन्स सिटिको नामले चिनिने चुकुबा सिटि स्थित उक्त प्रतिष्ठित राष्ट्रिय अनुसन्धान सस्थानको स्वच्छ उर्जा केन्द्रमा स्टाफ साइन्टिस्ट रहेका डा. खड्का सन् २०१६ बाट उक्त अनुसन्धान सस्थानमा कार्यरत छन।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा। खड्काले सौर्य उर्जासग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन।

पेट्रोलियम उर्जाको भण्डार रित्तिदै गइरहेकाले निकट भविष्यमा आउने उर्जा संकट समाधान तथा अहिले भईरहेको अत्यधिक कार्बन उत्सर्जनको कारणले निम्तिएको वातावरणनीय प्रभाव न्यूनीकरण गर्न स्वच्छ वैकल्पिक उर्जाको प्रचुर सम्भावना भएको सौर्य उर्जालाई सस्तो तथा भरपर्दो विकल्प बनाउनको लागि विकसित देशमा अनुसन्धानकर्ताहरु लागिपरेका छन। अबका केहि वर्षमा सुर्य उर्जा सबैभन्दा सस्तो वैकल्पिक उर्जा हुने उहाको दाबी छ।

मानव समुदायको दैनिकी तथा स्वच्छ पर्यावरणसंग प्रत्यक्ष जोडिएको वैकल्पिक उर्जाको अनुसन्धानको लागि दिएको उपाधिले आफुलाई काम गर्न थप उर्जा मिलेको उनले बताए।

तस्वीर : पत्रकार प्रेमिला गौचनको सहयोगमा ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी