टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख ४ गतेसम्म बढाएको हो । सो अवधिमा जिएसएम सेवामा डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा रु १०० मा एक जिबी डाटा खरिद गर्दा तीन जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्नेछ ।

त्यसैगरी दोस्रो प्याकेजमा रु २०० मा दुई जिबी डाटा खरिद गर्दा आठ जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गरिसक्नुपर्दछ । यसरी रु १०० मा बोनससहित कूल चार जिबी र रु २०० मा बोनससहित १० जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले आज एक विज्ञप्ति जारी गरी जनाएको हो ।

कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जिएसएम र सिडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सोअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु १०० मा सात दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । टेलिकमले कोरोना भाइरसको महामारीले सिर्जना गरेको हालको विषम परिस्थितिमा उल्लिखित व्यवस्थाबाट ग्राहकवर्ग तथा समस्त देशवासीलाई आफ्ना परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ