कोरोना छिर्ने डरले बाजुरामा स्थानीय तहले आफै भत्कायो पुल

कोरोना छिर्ने डरले बाजुरामा स्थानीय तहले आफै भत्कायो पुल

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बाजुरा चैत्र २६ । गाँउपालिकामा कोरोना छिर्न सक्ने भन्दै मानिस आवत जावत गर्ने पुल नै भत्काईएको छ ।

लकडाउन कडाई गर्न अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइ दिएको हो ।

पुललाई पछि जोड्न सजिलै हुने गरी नटहरु खोलेर मान्छे हिड्न नसक्ने जति मात्र पारेको बताईएको छ ।
लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जना रोक लगाएको छ।

तर पनि मान्छे ओहोर दोहोर गर्न र भेला हुन नछाडे पछि पुलै भत्काईएको बताईएको छ । सुदुरपश्चिम प्रदेशमा चार जनामा कोरोना देखिए पछि त्याहाँ प्रदेश सरकारले पनि थप कडाई गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ