कोषमा सङ्घीय संसद् सचिवालयको एक करोड जम्मा

कोषमा सङ्घीय संसद् सचिवालयको एक करोड जम्मा

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गर्नुभएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको रु ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको रु २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको रु ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको रु दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ