५ हजारमा पाईने थर्मल गन १५ हजारमा बेचेर कालोबजारी गरेपछि शंकरग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

५ हजारमा पाईने थर्मल गन १५ हजारमा बेचेर कालोबजारी गरेपछि शंकरग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र २५ काठमाडौँ । व्यापारी हो नाफा कमाउने उदेश्य राख्नु स्वभाविक हो । तर यत्रो महामारीको त्रास र स्रोस साधनको अभाव देशले झेलिरहेका बेला सामान्य ज्वरो नाप्ने थर्मल गनमा समेत कालोबजारी गरेको पाईए पछि शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय प्रहरीको अपराध महाशाखाको टोलीले आफै महंगोमा अग्रवालले थर्मल गन बेचेको सुनिए पछि आफ्र ग्राहक बनेर सूचना पत्ता लगाए पछि अग्रवाललाई आज पक्राउ गरेको हो । ५ हजारमा पाईने थर्मल गनलाई अग्रवालले १५ हजारमा बिक्री गरेको पाईएको प्रहरीले बताएको छ । उनले नेपाल वायुसेवा निगमको जहाजमा अघिल्लो साता मात्रै चीनबाट २० हजार थर्मल गन ल्याएको प्रहरीले बतायो ।
उनलाई कालोबजारी कसुरमा मुद्धा अघि बढाउने प्रहरीले तयारी गरेको छ । उनी नेपालका लागि कीर्गिस्थानका अवैतनिक दुत समेत रहेका व्यापारी अग्रवाल कुटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा थर्मल गन बेच्न पुगेका थिए । सोही गाडीमा ६७ थान थर्मल गन भेटिएको थियो ।
ग्राहक बनेको प्रहरीलाई सामान र्पुयाउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी