कोरोना नियन्त्रण कोषमा पर्वतारोहण सङ्घको पाँचलाख सहयोग

कोरोना नियन्त्रण कोषमा पर्वतारोहण सङ्घको पाँचलाख सहयोग

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २४ चैत । नेपाल पर्वतारोहण सङ्घले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु पाँच लाख सहयोग गर्ने भएको छ ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले आज एक विज्ञप्ति जारी गरी कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि सरकारलाई उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । “सहयोग रकमले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारको दैनिक आवश्यक एवम् उपभोग्य सामग्रीका निम्ति सहयोग पुग्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नं १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ