चैत्र २४ काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारे खडा गरेको कोरोना भाईरस महामारकिो रोकथाम,नियन्त्रण तथा उपचार कोषका लागि आज एक करोड रुपैयाको चेक हस्तान्तरण गरेको छ ।
कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम नेपाल लाईफले उक्त रकम सहयोग गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गर्नुभयो ।
सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले जनाउनु भयो ।
यस सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताउनु भयो ।