वीरगन्ज,चैत २४ । विश्वव्यापी महामारीको रुपमा फैर्लिको कोरोना भाईरसको जोखिम रहेकाले बीरगञ्जमा अलग्गै कोरोना अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री राउतसगँ भेटेर सांसद प्रदीप यादव सहितको टोलीले माग गरेको छ ।
कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्य कर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री तथा छूटै कोभिड अस्पताल संचालन गर्नको लागी आइतबार बिहान पर्सा क्षेत्र न १ का सांसद प्रदीप यादव सहितको टोलीले मुख्यमन्त्री को ध्यानाकर्षण गराएका थिए ।
सांसद यादव,वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी ,नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा उदय नारायण सिंह लगायतको टोलीले कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउदै ध्यानाकर्षण गराएको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले वीरगन्ज प्रति आफु सम्बेदनशिल रहेको बताउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागी कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा गरी दुइ ठाउमा संचलन गरिने व्यवस्था भइरहेको बताउनु भयो ।
मुख्यमन्त्री राउतले नारायणी अस्पतालका चिकित्सकहरुका लागी लगभग ४० थान पिपिई,मास्क र गल्पस लगायतका सामग्रीहरु सोमबार साझसम्म नारायणी अस्पतालका पुगी सकने र रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागी कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको बताउनु भयो ।
वीरगन्जमा गएका जनप्रतिनिधी तथा स्वास्थ्य पदाधिकारीहरुले अर्थीक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसंग भेटी कारोना रोगको लागी विरगन्जको आवश्यकता बारे जानकारी गराउनुका साथै प्रदेश सरकारले गर्ने निर्णयहरुलाई अबिलम्ब कार्यान्वयन गर्न अनुरोध गरेको थियो ।
वीरगन्जको बारेमा मुख्यमन्त्री सम्बेदशिल रहेको र प्रदेश सरकारको विशेषज्ञहरुको टोली अबिलम्ब वीरगन्जमा पुगेर व्यवस्थापन कार्यलाई अगाडि बढाउने कुरामा जोड दिइएको सांसद यादवले बताउनु भयो ।