एजेन्सी चैत्र २३ । केवल ६० नैनोमिटर । यसको मतलव यति सानो कि एउटा कलमबाट बनेको एक बिन्दुमा लाखौं कोरोना भाईरस रहन सक्दछ । यो भाईरस चीनको वुहानमा सबै भन्दा पहिला शुरु भयो । कारण थियो त्याहाँको सि फुट मार्केट । विस्वास यही गरिएको छ कि त्याहाँको सि फुड मार्केटकै कुनै जनावारबाट यो भाईसर मानिसमा सर्यो । र संसारभर चीनबाट कोरोना भाईरस फैलियो भनेर आरोप लगाईन्छ तर वास्तविकता फरक छ । वास्तविकता के छ भने भाईरस फैलाएको ईटालीले हो ।
वुहानबाट ईटालीको राजधानी रोमको दुरी केवल ८ हजार ५ सय किलो मिटर भन्दा पनि धेरै छ । जहाँ कोरोनाका दुई जना बिरामी जनवरी ३१ मा फेला परेका थिए । दुवै जना कोरोना संक्रमित चीनबाट गएका पर्यटक थिए । यस पछि लगातार बढ्दै गयो ईटालीमा । ईटालीबाट यो भाईरस युरोपमा मात्र होईन विश्वका धेरै देशमा फैलियो । विश्वको ५० देशमा कोरोनाको पहिलो विरामी ईटालीसगँ कुनै न कुनै प्रकारले सम्बन्ध राख्दथे । जस्तो कि ती बिरामी ईटालीका थिए या ईटाली घुमेर फर्किएका थिए ।
कोरोना संक्रमण पछि पनि ईटालीले आफ्ना हवाई उडानहरु चालू राख्यो । ईटालीको मिलान टर्मिनल मात्रे १६ मार्चमा बन्द राखियो । त्यतिखेर सम्म ईटालीको लाम्बोर्डीमा ३ हजार ७ सय ६० संक्रमित पुगिसकेका थिए । यसको उल्टो चीनले २३ जनवरीमा हुवेईलाई पुरै लकडाउन गरेको थियो । त्यतिबेला सम्म हुवेईमा केवल ५ सय संक्रमित बिरामी थिए । हुवईको राजधानी वुहानमा कोरोनाको बिरामी बढीरहेका बेला पनि ईटाली सहित कैयौ युरोपेली देशहरुले उडानहरु गरिरहेका थिए । कोरोना फैलिए पछि अरु यूरोपेली देशले पनि आफ्ना उडानहरु जारी राखेका थिए ।
अफ्रीकाको अल्जेरिया, मोरक्को,नाईजेरीया, सेनेगल,ट्युनीशिया जस्ता ९ देशमा कोरोनाको पहिलो संक्रमित जो भेटिएका थिए उनीहरुको कनेक्सन ईटालीमा थियो । दक्षिण अफ्रीकामा ९ मार्चमा कोरोनाको ७ जना संक्रमित भेटिएका थिए । उनीहरु भर्खरै ईटाली घुमेर फर्किएका थिए । त्यस पछि अर्जेन्टिना, ब्राजिल, वोलिभिया,चिली,कोलम्बिया,क्युवा,डोमिनिक रिपब्लिक,ग्वाटेमाला,मेक्सीको, उरुग्वे, र भेनेजुएलामा कोरोनाको पहिलो संक्रमित ईटालीबाट फर्किएकाहरुमा भेटिएको थियो । अमेरीकामा चाहँी पहिलो कोरोना संक्रमित व्यक्ति वुहानबाट आएका थिए । त्यसमा पनि न्यू ह्याम्पसायर,रोड आईसल्याण्ड, मिसौरीमा पहिलो बिरामी ईटालीबाट फर्किएकामा थिए ।
कोरोना भाईरसको जन्म एशियाली देश चीनमा भयो । तर एशियाली देशमै पनि कोरोनाको संक्रमण चीन भन्दा ईटालीबाट फैलिएको देखिएको छ । बंगलादेशमा ८ मार्चमा कोरोनाको तीन सक्रमित भेटिएका थिए जसमध्य २ जना ईटालीबाट फर्किएका थिए । भारतमा ३० जनवरीदेखि २ फेब्रुअरीसम्म तीन जना संक्रमित भेटिएका थिए जो वुहानबाट आएका थिए । त्यस पछि एक महिना नयाँ संक्रमण देखिएन । त्यस पछि मार्च २ मा नयाँ संक्रमण आयो जुन व्यक्ति ईटालीबाट आएका थिए । यस बाहेक ६ मार्चमा भारत घुम्न आएका १६ जना ईटालीका नागरिकमा कोरोना देखिएको थियो । त्यस पछि श्रीलकामा पहिलो संक्रमित पनि ईटाली घुमेका त थिएनन् तर ईटालीयन पर्यटकहरुको गाईड थिए ।
कोरोनाको सबै भन्दा ठूलो मार यूरोपमाथि परेको छ । एएफपीका अनुसार १ अप्रील सम्ममा कोरोनाले यूरोपमा ३० हजार बढीको ज्यान लिएको छ । कोरोना संक्रमित शीर्ष १० देशमा युरोपका ५ देश छन् । एंडोरा, अ‘ास्ट्रिया, क्रोएशिया, साइप्रस, डेनमार्क, फ्रांस, ग्रीस, आइसलैंड, आयरलैंड, लातविया, लिथुआनिया, माल्टा, मोलडोवा, नीदरलैंड, ना‘र्थ मैसेडोनिया, पोलैंड, रोमानिया, सर्बिया, स्लोवाकिया, स्लोवेनिया, स्पेन, स्विट्जरलैंड, यूक्रेनमा पहिलो कोरोना संक्रमितको ट्राभल हिस्ट्री ईटालीको पाईएको थियो ।
त्यसै गरी ओशियाना क्षेत्रको अष्ट्रेलिया र न्युजील्याण्ड समेत १४ देश छन् । जसमा पहिलो कोरोना संक्रमितको हिस्ट्री ईटालीसगँ जोडिएन तर न्युजील्याण्डमा दोस्रो संक्रमितको ट्राभल हिस्ट्री ईटाली थियो ।
लापरबाहीका कारणले ईटालीमा कोरोनाको प्रसार तीव्र भयो । जसको तीनवटा कारण छ ।
१. लापरवाहीको कारण तीव्र प्रभावित बन्यो उत्तरी ईटालीको लम्बोर्डी । ८ मार्चबाट त्याहाँको एक करोड ६० लाख नागरिकलाई क्वारेन्टाईन गर्ने फैसला लिईयो । यो एउटा अखबारले सार्वजनिक गरिदिए पछि मानिसहरु डरले अन्तै हिड्न थाले ।
२. ईटालीको लाम्बोर्डी क्षेत्र पूर्ण रुपले खराब रुपले प्रभावित भयो । १९ फेब्रुअरीमा कोरोना सदिग्ध एक जनालाई व्यक्तिलाई एक अस्पतालमा भर्ती गरियो । तर उनी ३६ घण्टा सम्म अस्पतालका क्याम्पहरुमा घुमिरहे ।
३. ईटालीको जनसंख्या ६ करोड ४० लाख जति छ । यसको क्षेत्रफल २ लाख ९४ हजार बर्ग किलोमिटर छ । यहा प्रत्यक एक किलोमिटर भित्र २ सय ६ जना मानिस बस्दछन् । जब कि अमेरीकामा त्यति नै क्षेत्रफलमा केवल ३६ जना बस्दछन् ।
ईटालीमा अहिले सम्म कोरोनाले १५ हजार बढीको मृत्यु भएको छ । संक्रमित हरेक घण्टा बढेर एक लाख १९ हजार माथि पुगेका छन् । विश्वमा सबै भन्दा धेरै कोरोनाका कारण मृत्यु हुने देश ईटाली बनेको छ ।
लकडाउन ढिलो गर्नु, अन्तराष्ट्रिय उडानहरु लामो समय यथावत राख्नु आदि कारणले कोरोना तीव्र रुपमा संक्रमण भएको देखिन्छ ईटालीमा र यसबाट अरु देशहरुमा ।
एजेन्सीहरुको सहयोगमा