काठमाण्डौं चैत्र २२ । लकडाउन लागू हुने समय आसपासमा ग्यासको निकै अभाव देखिए पनि यस पटक आयल निगमको पहलमा ग्यासको अभाव लामो समय रहेन । निगमकै पहलमा घर टोलमै समेत ग्यास पुर्याउन थालिए पछि यसको प्रभाव पनि सकारात्मक परेको छ । १८ चैत्रबाट निगमको पहलमा घुम्ती सेवा प्रदान गर्न निगमका कर्मचारीहरु समेत परिचालित छन् ।
यसै क्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले लकडाउनमा ग्यास वितरणको अवस्थाको अनुगमन गर्न आज टेकु पुगेका थिए ।
एलपीग्यासँ घुम्ती सेवा ईकाईमा पुगेर मन्त्री भट्टले ग्यास वितरणको अवस्थाको जानकारी लिए पछि सञ्चारकर्मीहरुलाई खाद्यन्न, ग्यास र कुनै पनि उपभोग्य बस्तुको अभाव नरहेको र सरकारले हुन पनि नदिने बताए ।
जनघनत्वलाई हेरेर माग अनुसारको आपुर्तिमा मन्त्रालय सक्रियताका साथ कार्ययोजना बनाएर लागेको पनि मन्त्री भट्टले बताए ।
ग्यास आयात अत्याधिक मात्रामा आयात भईरहेको पनि उनले बताए । जनताले आवस्कता भन्दा बढी सचिंति गर्ने संस्कृति रहेका कारण पनि बीचमा अलिकति समस्या भए पनि अहिले समस्या नरहेको उनले बताए ।
मन्त्री भट्टले ग्यास नभएर भन्दा पनि उपभोक्ताको घरमा धेरै स्टक भएको सिलिण्डर निकाल्न आधा ग्याँस भरिएको बताए ।
सो अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अहिले ग्यास र पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको र निगमले उपभोक्ताको हित र आवस्यकतालाई ध्यानमा राखेर सबै प्रकारका ग्याँसहरु उपलव्ध गराईएको बताए ।
देशभरीमा एक लाख ३० हजार सिलिण्डर दैनिक उपभोक्तामा गईरहेको र आयात पनि ठूलो मात्रामा भईरहेको र बुलेट अनलोड गर्न पनि सस्या हुने स्थिति बन्ने देखिएको निर्देशक पौडेलले बताए । साथै निगमको एक करोड २० लाख सिलिण्डरमा भरेर स्टोरेज गर्ने पनि उनले बताए ।

यसै गरी निगमका नायब कार्यकारी निर्देशक शुसील भट्टराइले काठमाण्डौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर माग हुने गरेकोमा अहिले घुम्ती वितरण सेवाका क्रममा कम माग भएको र यसले भविष्यमा वितरण प्रणाली सहज बनाउन मद्धत पुगेको बताए ।
नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष गोपाल चन्द्र राईले अस्पताल तथा बिरामी,असक्त, अपागं,विद्यार्थी मजदुर लगायतकालाई प्राथमिकतामा राखेर वितरण गरिरहेको र कतिपय ठाँउमा मानिसहरुले ग्यास चाहियो भनेर फोन गर्ने तर त्यस ठाँउमा पुगे पछि फोन नउठाउने गरेर दुखः दिने गरेको बताए ।

नारायणटार, गोकर्णेश्वर सम्म पनि निगमका कर्मचारीहरुको पाँच वटा टोलीले ग्याँस पुर्याईरहेका छन् । आल सम्म टेकु ईकाईबाट मात्रै आज सम्म ६ सय ८८ वटा ग्यास वितरण भईसकेको आयल निगमले जनाएको छ । औसतमा १६ सय सम्म सिलिण्डरको माग आउने गरेको राईको भनाई छ ।

अनुगमनमा आपुर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल,एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी लगायत बिक्रेता महासघका पदाधीकारी , पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पौडेल लगायतका उपस्थित थिए ।

ग्यास लिएर जाँदै सर्वसाधारण