काठमाण्डौं चैत्र २० । हालै चीनबाट कोरोना नियन्त्रणका लागि चाहिने श्वास्थ्य उपकरण ल्याउने क्रममा विवादमा परेको ओम्नी समुहले थप अर्को बदमासी गरेको खुलेको छ । उसले सरकारसगँ भएको सम्झौता भन्दा बढी २५ हजार कोरोना द्रुत परीक्षण किट ल्याएको खुलेको हो ।
सरकारले भन्सार छुटमा उक्त सामान ल्याउने भएकाले त्यससगैँ मिसाएर ल्याउदा भन्सार छलि गर्न पाए उसले करीब ५० लाख त्यसबाट जोगिने मनशाय राखेको देखिएको छ । सो किट भन्सारमा अड्किएको छ ।
बजार मुल्य भन्दा महंगो र विश्व श्वास्थ्य संगठनले मान्यता दिईनसकेको किट ल्याएर प्रयोगमा नआउने भए लगत्तै उसगँको सम्झौता सरकारले खारेज गरी धरौटी जफत समेत गरेको छ ।
अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यलयले भन्सार नतिरि उक्त अतिरिक्त सामान छिर्न नदिने अडान राखेपछि विमानस्थलमै उक्त सामाग्री रहेको छ ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने सामग्रीहरूलाई भन्सार छुट दिने कम्पनीसँगको सम्झौता थियो,’ उसगँ ७५ हजार किटको सहमति भएको थियो तर एक लाख ल्याएको देखिएको छ ।
जब कि उसले अरु ल्याउनु पर्ने सामाग्री चाहिने जति नल्याएको श्वास्थ्य विभागले जनाएको छ । अरु ल्याउनु पर्ने सामाग्रीमा १८ प्रतिशत मात्र ल्याएको , कमसल ल्याएको आदि कारण देखाएर विभागले ओम्नीसमुहसगँको सम्झौता रद्ध गर्नुका साथै उसको ५ करोड धरौटी समेत जफत गरीसकेको छ ।
ओम्नी र स्वास्थ्य सेवा विभागबीच गत शुक्रबार १ अर्ब २४ करोड ६८ लाख ४८ हजारका सामग्री खरिद गर्ने सम्झौता भएकोमा पहिलो पटक ओम्नीले २८ करोड ७३ लाख १७ हजार को १० वटा सामग्री मात्रै ल्याएको थियो । तर सम्झौताअनुसार ‘समयमा सामान आपूर्ति गर्न नसकेको’ भन्दै स्वास्थ्य सेवा विभागले यो कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी धरौटी जफतको निर्णय गरिसकेको छ। हालसम्म यो कम्पनीले पट, पीपीई गाउन, जाँच गर्ने पन्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता, पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, नमुना संकलन गर्ने ट्युब, छिटो परीक्षण गर्ने किटलगायतका सामग्री ल्याएको छ ।
बजार मूल्यभन्दा अधिक दरमा स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरिएको ओम्नी कम्पनीले सिंगापुरस्थित विवादास्पद कम्पनीमार्फत सामान खरिद गरेको खुल्न आएको हो, जुन कम्पनी नेपाल र सिंगापुर हुँदै सामान तस्करी गरी भारत र्पुुयाएको विवादीत बनेको थियो ।
ओम्नीको यो नाफा बढी कमाउने या कमिसन समेत बाँड्ने दाउले बजार मुल्य भन्दा बढी सामान ल्याए पछि कम्पनीले कामबाट हात धुनु मात्रै परेन, धरौटी समेत जफत भएको छ । त्यति मात्रै हैन सरकारका श्वास्थ्य मन्त्री समेत विवादमा तानिएका छन् ।